पोखरा महानगरको खेलकुद अध्यक्षमा गोदारको मनोनयन

पोखरा स्पोर्टस । पोखरा महानगर पालिकाको महानगर खेलकुद विकास समितीको अध्यक्षमा दिपक बहादुर गोदार मनोनयन भएका छन ।

पोखरा महानगरले गोदारलाई तिन वर्षका समितीको अध्यक्षमा मनोनयन गरेको हो । मनोनयन पछि कुरा गर्दै अध्यक्ष गोदारले यो निकै सरप्राइज भएको बताए । उनले भने–“मलाई पनि थाहा नै थिएन अध्यक्ष भएको पत्र हातमा परेको छ ।” उनले आफू महानगरको खेलकुद विकासका लागि प्रतिवद्ध भएर लाग्ने बताउँदै महानगरले शुरु गरेका योजनालाई पुरा गर्नेतर्फ आफूले ध्यान दिने बताए ।

गोदार नेपाल खेलकुद महासंघ कास्कीका अध्यक्ष, मुआ थाइ प्रमुख प्रशिक्षक, राष्ट्रीय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्कीका अध्यक्ष समेत हुन । उनी यस अघि कास्की जिल्ला खेलकुद विकास समितीको अध्यक्ष समेत थिए । उनी तिन वर्षका लागि अध्यक्षमा मनोनयन भएका हुन । महानगरको खेलकुद ऐनमा १२ सदस्यिय खेलकुद समिती गठन गर्ने प्रावधान रहेको छ । महानगरले अन्य पदाधिकारी र सदस्यहरुको नाम भने घोषणा गरिसकेको छैन । महानगरका प्रमुख मान बहादुर जिसीले पोखरा स्पोर्टस सँग कुरा गर्दै समितीलाई चाँडै नै पूर्णता दिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close