
पोखरा स्पोर्टस । नेपाल पर्यटन वोर्ड, किर्तिपुर नगरपालिका र ‘पिस थ्रु स्पोर्टस कमिसन’ को सहकार्यमा मगंलवार किर्तिपर नगरपालिकमा एक दिने चित्रकला प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ ।

कमिसनले विशेषगरी किर्तिपुरको पर्यटन विकाशमा टेवा पुर्याउने हेतुले नेपाल पर्यटन वोर्डको सहयोगमा ‘सिटी अन द हिल’ मुख्य शिर्षकमा कार्यक्रम समापन गरेको हो । उक्त प्रदर्शनी कार्यक्रमको उद्घाटन प्रतिनिधि सभा सदस्य तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवन राम श्रेष्ठले गरेका थिाए ।
किर्तिपुर महानगरपालिकाका प्रमुख तथा पिस थ्रु स्पोर्टस कमिशनका अध्यक्ष रमेश महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा किर्तिपुर नगरपालिकाका– उप प्रमुख सरस्वती खड्का, कमिशनका सचिव अन्जु भट्टराई विभिन्न अग्रज कलाकारहरु र प्राज्ञहरुको सहभागिता रहेको थियो ।
सो अवसरमा किर्तिपुर नगरपालिकाका प्रमुख श्रेष्ठले यस छोटो प्रदर्शनी मार्फत किर्तिपुरको साँकृतिक, जीवनशैली प्राकृतिक सम्पदालाई कला मार्फत ठूलो जमातमा पस्किने अवसर प्राप्त भएको बताउँदै यसले किर्तिपुर क्षेत्रलाई पृथक रुपमा अन्य समुदाय समक्ष चिनाउने विश्वास लिए।
उक्त प्रदर्शनीमा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थल किर्तिपुर झल्कने विभिन्न ४० वटा चित्रहरु राखिएको थियो । कार्यक्रम किर्तिपुर नगरपालिका वडा न. २ स्थित किर्तिपुरकै सवै भन्दा उचाईमा रहेको काःच्वा (उमामहेश्वर मन्दिर) परिसरमा भएको थियो ।
Aha Rara Advt

