गण्डकी प्रदेश खेलकूद परिषदको सदस्य सचिबमा तेज गुरुङ सहित नवराज अधिकारीको आवेदन

पोखरा स्पोर्टस । गण्डकी प्रदेश खेलकूद परिषदको सदस्य सचिव पदका लागि २ जनाको आवेदन परेको छ ।

सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशले यहि फागुन २० गते सदस्य सचिवका लागि दरखास्त आह्वान गरे सँगै २ जनाको मात्रै आवेदन परेको मन्त्रालयका खेलकूद महाशाखा प्रमुख तेज प्रसाद काफ्लेले जानकारी दिएका हुन । प्रदेश खेलकूदको सदस्य सचिबका लागि तेज बहादुर गुरुङ र नवराज अधिकारीको दरखास्त परेको काफ्लेले जनाए ।

सदस्य सचिव छनोटका लाििग प्रदेश सरकारले सामाजिक विकास मन्त्री नरदेवी पुन मगरको संयोजकत्वमा तिन सदस्यिय छनोट समिती गठन गरिसकेको छ । समितीमा मन्त्रालयका सचिब विनोद वहादुर कुँवर र खेल विज्ञ दिल बहादुर गुरुङ रहेका छन । सदस्य सचिबका लागि छनोट समितीले व्यवसायिक कार्ययोजना सहित माग गरेको छ ।

सदस्य सचिवको आवेदन दिए पछि पोखरा स्पोर्टस सँग कुरा गर्दै तेज बहादुर गुरुङले आफू प्रदेश खेलकूदको विकासका लागि कार्ययोजना सहित अघि वढ्ने बताए । उनले सात वुँदे उद्धेश्य सहितका कार्ययोजना सहति आवेदन दिएको बताउँदै आफू सदस्य सचिब भएमा ति कुराहरु पुरा गर्न लागि पर्ने बताए ।

के हुन त गुरुङको सात वुँदे उद्धेश्य र ४३ वुँदे कार्ययोजना
उत्कृष्ट खेलाडीहरुको उत्पादन, खेलकुद र शिक्षाको सम्बन्ध, सबैका लागि खेलकुद, सुशासन, पूर्वाधार विकास, स्रोत परिचालन र क्षमता अभिवृद्धि रहेका छन । हरेक उद्धेश्यलाई परिपुर्ती गर्न विभिन्न क्रियाकलापहरु जोडेका छन ।

उत्कृष्ट खेलाडीहरुको उत्पादन सम्वन्धमा
गुरुङले उत्कृष्ट खेलाडी उत्पादन तर्फ हरेक २/२ वर्षमा प्रदेश स्तरिय बृहत खेलकूदको आयोजना, वृहत खेलकूदको विजोडी वर्षहरुमा भिन्न–भिन्न खेलहरुको प्रदेशस्तरिय प्रतियोगिताहरु सञ्चालन, हरेक वर्षमा कम्तिमा तिन खेलका अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताहरुको आयोजना, हरेक खेलका लागि प्रदेशस्तरिय प्रशिक्षकहरुको व्यवस्थागर्ने र उनीहरुको क्षमता अभिवृद्धिकालागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सहभागि गराउने, इलिट स्पोर्टस् पर्सनहरुको पेशागत सुनिश्चितका लागि नीति निर्माण, पेशागत विकासका लागि खेलाडीहरुको मनोबल उच्च राख्न मनोसामाजिक परामर्श गरिने तथा नवौ राष्ट्रिय खेलकूदको भव्य आयोजनाको तयारी गर्ने रहेका छन ।

खेलकुद र शिक्षाको सम्बन्धमा
प्रदेशमा विद्यालयस्तर देखि नै खेलकुद विषयलाई अनिवार्य रुपमा पाठ्यक्रममा समावेश गर्न निर्णायक भूमिका निर्वाह गर्ने, खेलकुदको महत्व र आवश्यकताको सचेतनाका लागि विभिन्न क्षेत्रका व्यक्तिहरुसँग बहस, संवाद, कार्यशाला गोष्ठी र अन्तरक्रियाहरु सञ्चालन, खेलकुद सम्बन्धिआधारभूत तहको प्रशिक्षण गराउने र जनशक्ति उत्पादनकालागि गण्डकी विश्वविद्यालयसँग समन्वय गरी ४ वर्षे कार्यक्रम बाहेक ३ महिने वा ६ महिने डिप्लोमा कोर्षहरु सञ्चालन, खेलकुद सम्बन्धिआधारभूत तहको प्रशिक्षण गराउने र जनशक्ति उत्पादनकालागि गण्डकी विश्वविद्यालयसँग समन्वय गरी ४ वर्षे कार्यक्रम बाहेक ३ महिने वा ६ महिने डिप्लोमा कोर्षहरु सञ्चालन, विद्यार्थीहरुले आफ्नो प्रदेशको प्रतिनिधित्व गरी उल्लेख्य सफलता हाँसिल गरेको खण्डमा उनीहरुको सफलतालाई शैक्षिक नतिजामा पनि उचित मान्यता प्रदान, एक विद्यालय एक खेल शिक्षकको अवधारणाको कार्यान्वयन रहेका छन ।

सवैका लागि खेलकूद सम्वन्धमा
प्रदेशमा रहेका अन्तर विश्वविद्यालय /कलेज स्तरको खेलकूद प्रगियोगिताहरुको आयोजना गर्ने गराउने, हरेक २—२ वर्षमा अन्तर नगर र गाँउपालिका स्तरीय खेलकुद प्रतियोगिताहरुको आयोजना, हरेक २–२ वर्षमा अन्तर संस्थान/प्राधिकरणहरुकोे विचमा खेलकूद प्रतियोगिताहरुको आयोजना, परम्परागत खेल तथा पर्वतीय खेलहरुको संरक्षण र संवद्र्धन गर्ने तथा प्रदेशस्तरिय र राष्ट्रिय स्तरको प्रतियोगिताहरुको आयोजना गर्ने साथै हाई अल्टिच्यूट ट्रेनिङ्ग सेन्टर तथा साहशिक खेलहरुको गन्तव्य र प्रतियोगिता सञ्चालनका लागि आवश्यक तयारी गर्ने, अपाङ्गता भएका व्यक्तिहरुका लागि विभिन्न खेल प्रतियोगिताहरुको आयोजना गर्ने रहेका छन ।

पूर्वाधार विकास सम्वन्धमा
प्रदेशमा कम्तीमा १० वटा खेलका लागीअन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता संचालन गर्न योग्य रङ्गशाला÷खेल मैदान निर्माण गर्ने, एक स्थानीय तह एक खेलकुद मैदान निर्माणका लागि सम्बन्धित स्थानीय तहसँग सहकार्य गरी काम सम्पन्न गर्ने, अन्तर्राष्ट्रिय स्तरको एउटा हाइ अल्टिच्युट तालिम केन्द्रको निर्माण गर्ने तथा खेलाडीहरुको नियमित प्रशिक्षण गराउन कम्तिमा १०० जनाको लागि राष्ट्रिय स्तरको स्पोर्टस् होस्टलको निर्माण गर्ने रहेका छन ।

शुसासन
संघिय सरकार र प्रदेश सरकारद्वारा तयार पारिएको नयाँ खेलकुद ऐन(विधेयक) लाई केन्द्र देखि स्थानीय तहसम्म प्रभावकारी रुपमा कायान्वयन गर्ने, प्रदेशको खेलकूदका कर्मचारी,सदस्यहरु,तथा प्रदेश खेलकूद संग आवद्ध संघ संस्थाहरु, तथा प्रदेश, जिल्ला र स्थानीय तहका खेल पदाधिकारीहरुलाई प्रदेशको खेलकूदको भिजन र कोर (Vison & Core Value) को बारे स्पष्ट पारी अपनत्व ग्रहण गराउन विभिन्न प्रकारको अभिमुखिकरण, तालिम, कार्यशाला गोष्ठीको आयोजना गर्ने, प्रदेशको खेलकूदको कर्मचारी तथा पदाधिकारीहरुलाई उत्कृष्ट कार्य गरे वापत प्रोत्साहनको व्यवस्था गर्ने, सबै खेलहरुको प्रदेशस्तरिय खेल संघहरु गठन गर्ने र प्रदेशको सम्पूर्ण खेलकूदका गतिविधिहरुलाई वेवसाइट मार्फत सर्वसाधरणलाई सुसुचित गराउने र प्रविधि मैत्रि कार्यालय वनाउने योजना रहेको छ ।

स्रोत परिचालन
खेलकुद क्षेत्रको समग्र विकासकालागि तोकिएको शीर्षक अनुसार कार्ययोजना सहित प्रस्ताव पेश गरी प्रदेश सरकार संग बजेट माग गर्ने, पूर्वाधार विकास तथा अन्य खेलकुद गतिविधिहरु सञ्चालन गर्न सम्बन्धित स्थानीय तहसँग कार्ययोजना सहित प्रस्ताव पेश गरी खेलकूदमा लगानीका लागी प्रोत्शाहन गर्ने, एक खेल एक व्यापारिक प्रतिष्ठानको अवधारणा अनुरुप विभिन्न व्यापारिक प्रतिष्ठान तथा वित्तिय संस्थानहरुलाई कार्ययोजना सहित प्रस्ताव पेश गरी खेलकूदको यो अभियानलाई मूर्तरुप दिन उत्पे्ररित गर्ने, गण्डकी प्रदेश सरकार संग भगिनि सम्वन्ध स्थापित भएका विभिन्न मित्रराष्ट्रहरुको प्रान्तहरु, शहरहरु तथा खेलकुदका अन्तर्राष्ट्रिय विभिन्न संघ संस्थाहरुसँग समन्वय गरी प्राविधिक तथा भौतिक सहयोग जुटाउने, गैर आवासीय नेपाली संघ लगायत गण्डकी प्रदेशलाई माया गर्ने विदेशमा रहेका व्यक्ति वा संघ संस्थाहरु संग सहयोग जुटाउन विभिन्न योजनाहरु बनाउने, प्रदेशकोे खेलकूद विकासलाई आत्मनिर्भर बनाई दीगोपन गर्नका लागि आफ्नो माताहातमा रहेका पूर्वाधारहरुको उचित रुपमा सदुपयोग गरि नियमित आयआर्जनको स्रोतको रुपमा परिचालन गर्ने गराउने ।

क्षमता अभिवृद्धि
प्रदेश खेलकुदका पदाधिकारीहरुको नेतृत्व विकास तथा कर्मचारीहरुको कार्य दक्षता विकास गर्ने, संस्थाको काम र कार्यवाहीलाई चुस्त दुरुस्त बनाउन प्रदेश्र देखि स्थानीय तहसम्म संस्थाहरुलाई सूचना प्रविधि मैत्री बनाउने, प्रदेश खेलकुदको केन्द्रीय कार्यालय देखि स्थानीय तहसम्म वातावरण मैत्री कार्यालय बनाउने, प्रदेश खेलकुदको मातहतका संघ संस्थाका पदाधिकारीहरुलाई हरेक वर्ष संघ संस्थाको नवीकरणसँगै प्रदेश खेलकुदको सञ्चालन विधिबारे प्रशिक्षण गराउने, .प्रदेशका प्रशिक्षकहरुको क्षमता अभिवृद्धिका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहको पुनर्ताजगी तालिमका साथै सूचना तथा प्रविधि मैत्री बनाउन आवश्यक तालिम दिने र खेलाडीहरुको व्यक्तिगत विकासका लागि आवश्यक प्रभावकारी तालिमको व्यवस्था गर्ने रहेको छ ।

सदस्य सचिवका लागि आवेदन दिएका गुरुङ पोखराको अर्मलामा जन्मिएका हुन । २०३९ सालबाट ह्याण्डबल खेल शुरु गरेका गुरुङ २०४० को सालको दोस्रो वृहत राष्ट्रिय खेलकूदमा गण्डकीलाई स्वर्ण पदक दिलाउन भूमिका खेलेका थिए । अग्रेजी र राजिनिति शास्त्रमा स्नातक उर्तिण गरेका गुरुङ भारतको पटियालामा एनआइएस प्रशिक्षणमा गोल्ड मेडलिष्ट हुने पहिलो नेपाली हुन भने सन १९८५ देखि १९८८ सम्म नेपाल ह्याण्डबल टिमको कप्तानी समेत गरेका थिए । खेलाडी हुँदै टिमको प्रशिक्षक समेत रहेका उनले २६ भन्दा वढी देश भ्रमण गरिसकेका छन भने उनकै प्रशिक्षणमा हङकङमा नेपालले ह्याण्डबलमा पदक समेत जितेको थियो । उनले सन १९८५ मा जेर्डनको अम्मानमा सम्पन्न एशियन च्याम्पियनशिपमा नेपालको टिमको कप्तानी गर्दै मैदानमा उत्रिएका थिए । हाल उनी नेपाल ह्याण्डबल संघको अध्यक्ष, अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपालको अध्यक्ष हुन भने नेपाल ओलम्पिक कमिटीको उपाध्यक्ष समेत रहेका छन ।

को हुन त नवराज अधिकारी
यस्तै सदस्य सचिबका लागि अर्का आवेदक मध्ये एक हुन गाउँ पर्यटन प्रवर्द्धन मञ्च गण्डकीका अध्यक्ष नवराज अधिकारी । पोखरा ७ का अधिकारीले ३० वुँदे कार्य योजना सहित आवेदन दिएको पोखरा स्पोर्टसलाई बताए । उनले भने–“म खेलकूदलाई पर्यटन र स्वास्थ्य सँग जोड्न चाहन्छु ।” आफ्नो चार वर्षे कार्यकालमा ५ सय अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने लक्ष्य सहित आवेदन दिएको बताउने अधिकारीले खेलाडीको सेवा र सुविधालाई पनि उत्तिकै महत्व दिएकाृे बताए । उनले खेलकूद भित्र महिला मैत्री वातावरण सँगै मनाङ मुस्ताङ जिल्लामा हाई अल्टिच्यूड खेल पूर्वाधारको विकासका लागि पनि उत्तिकै महत्वका साथ उठाएको बताए । उनले भने–“मेरो ३० वुँदे प्रस्तावमा खेलकूद, स्वास्थ्य र पर्यटनलाई जोड्दै खेलकूदका माध्यमबाट समृद्ध प्रदेशको परिकल्पना गरेको छु ।”

Aha Rara Gold Cup

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close