राखेप सदस्य सिलवालले भारोत्तोलन प्रशिक्षणबारे जानकारी लिए

पोखरा स्पोर्टस । राष्ट्रिय खेलकूद परिषद (राखेप)का सदस्य सचिब रमेश सिलवालले पोखरा रंगशालामा प्रशिक्षणरत भारोत्तोलनका खेलाडीहरुलाई भेटगरी प्रशिक्षण बारे जानकारी लिएका छन ।

ओलम्पिकको तयारीमा रहेका खेलाडी तथा स्थानिय खेलाडीहरु सँग भेट गरी उनीहरुको प्रशिक्षणका बारे राखेप सदस्य सचिब सिलवालले जानकारी लिएका हुन । सन २०२१ मा जापानमा आयोजना हुने टोकियो ओलम्पिकको लागि वन्द प्रशिक्षणमा रहेका सञ्जु चौधरी र कमला श्रेष्ठ तथा प्रशिक्षक सञ्जय महर्जन सँग भेट गरी तयारीबारे जानकारी लिंदैं वैदेशिक प्रशिक्षणका लागि रोखपले सहयोग गर्ने बताए ।

राखेप सदस्य सचिव सिलवालले दुवै खेलाडीहरुलाई संयम र धैर्यतापूर्वक खेल्न आग्रह गर्दै अध्ययनका लागि समेत आफूले सहयोग गर्ने आश्वासन समेत दिए । उनले भने–“खेल सँगै अध्ययनको समेत महत्वपूर्ण पाटो रहेकोले खेलाडीले अध्ययन गर्न चाहेमा म सहयोग गर्न तयार छु ।”

पोखरा रंगशलामा भारोत्तोलन हलमा प्रशिक्षणरत स्थानिय खेलाडीहरुको खेल समेत अवलोकन गर्दै राखेप सदस्य सचिब सिलवालले उनीहरुको खेलस्तर निकै राम्रो रहेको भन्दै प्रशंसा समेत गरे ।

सो अवसरमा पश्चिमाञ्चल क्षेत्रिय खेलकूदका निर्देशक तथा प्रशिक्षण विभाग प्रमुख कृष्ण तिमिल्सिना, कास्की जिल्ला भारोत्तोलन संघका अध्यक्ष राजन बडगामी लगायत संघका पदाधिकारी तथा सदस्यहरु सँग भेट गरी नवौं राष्ट्रिय खेलकूद प्रतियोगिताको तयारीमा जुट्न राखेप सदस्य सचिब सिलवालले आग्रह गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close