टाइगर कप भलिवल: ५४ लाख आम्दानी, ३५ लाख खर्च, १९ लाख वचत

पोखरा स्पोर्टस । पोखरामा गत माघ २७ गतेबाट फागनु १ गते सम्म सञ्चालन भएको प्रथम टाइगर कप महिला तथा पुरुष भलिवल प्रतियोगिताको आय व्यय सार्वजनिक गरेको छ ।

टाइगर कपको आयोजक संस्था टाइगर ग्रुप अफ पोखरा नेपालले एक पत्रकार सम्मेलन मार्फत आय व्यय सार्वजनिक गरेको हो । संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले आय व्यय सार्वजनिक गर्दै प्रतियोगितामा ५४ लाख ४१ हजार ८३५ आम्दानी भएको जनाउँदै कूल खर्च ३५ लाख ११ हजार ७ सय ९४ खर्च तथा १९ लाख ३० हजार ४१ रुपैयाँ वचत भएको जानकारी दिएका हुन ।

प्रतियोगिता सम्पन्न भएको ठिक १५ दिनमा आय–व्यय सार्वजनिक गर्दै अध्यक्ष शर्माले वचत भएको रकम सामाजिक तथा खेलकूद विकासका लागि खर्च गरिने बताए । उनले भने–“हामीले कोभिड १९को विचमा समेत प्रतियोगिताले कस्तो रुप लिन्छ भन्ने मनमा त्रास हुँदा हुँदै आँटेका थियौं तर सवैको मायाँ पाएर सफलता प्राप्त गरेका छौं यसका लागि म हृदयबाट सबैमा आभार व्यक्त गर्न चाहन्छु ।”

आगामी वर्ष समेत प्रतियोगितालाई निरन्तरता दिने बताउँदै अध्यक्ष शर्माले सबैको हातेमालो र विश्वभरी छरिएर रहेका टाइगर ग्रुपका सदस्यहरुको आत्मिय सहयोगले टाइगर कप सफल भएको बताए । प्रतियोगिता सफल बनाउन गण्डकी प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद, पोखरा महानगर पालिका, अन्नपूर्ण गाउँ पालिका लगायत १९५ भन्दा वढी व्यक्ति एवम संघ संस्थाले सहयोग गरेको अध्यक्ष शर्माले बताए । भलिवल प्रतियोगितामा टिकटबाट मात्रै १० लाख ५५ हजार आम्दानी गरेको छ ।

सोही कार्याक्रममा टाइगर ग्रुपले वागलुङ वडिगाढ गाउँ पालिका स्थित एक अशक्त परिवारलाई ५० हजार सहयोग गरेको छ । उक्त गाउँ पालिकाका स्व.टोप बहादुर विकको अशक्त परिवारलाई पोखरा छोरेपाटन स्थित २०४६ को एसलसी व्याच समुह मार्फत रकम प्रदान गरेको हो । उक्त समुहका अध्यक्ष समेत रहेका पत्रकार राजु क्षेत्री मार्फत स्व. विकको परिवारलाई रकम हस्तान्तरण गरिने भएको छ ।

सोही कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य राजेश गुरुङले समेत उक्त परिवारलाई २१ हजार सहयोग गरेका छन ।कार्यक्रममा बोल्दै राखेपका सदस्य गुरुङले टाइगर ग्रुपको भलिवल प्रतियोगिताले पोखराको खेलकुदमा नयाँ उत्साह जगाएको बताए ।

कार्यक्रममा ग्रुपका सचिब एवम कास्की जिल्ला खेलकूदका कार्यालय प्रमुख प्रकाश बराल, प्रतियोगिताका संयोजक नविन गुरुङ लगाएतले आफ्ना भनाई राखेका थिए ।
तस्विर सुदर्शन रञ्जित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close