ऐतिहासिक लिगेलिगे साईकल दौड भोली

पोखरा स्पोर्टस । नेपालको ऐतिहासिक स्थल लिगलिगकोटमा भोली लिगलिगे साईकल दौड हुने भएको छ ।

१३औं सागका स्वर्ण बिजेता खेलाडी देखि प्रदेश र स्थानिय स्तरका खेलाडीसम्म गरि एक सय राईडरले दौडमा प्रतिस्पर्धा गर्ने भएका हुन । लिगलिगे साईकल दौडको दूरी ५२.९ किलोमिटर रहेको छ ।

लिगलिग भिलेज स्पोट्र्सको आयोजना पालुङटार नगरपालिका र पर्यटन बोर्टको प्रायोजनमा संचालन हुने साईकल दौड प्रतियोगितामा ६ वटा इभेन्टमा प्रतिस्पर्धा हुने छ । महिला तथा पुरुष खुला दौडको बिजेताले २५ हजार उपविजेताले २० हजार र तृतियले १५ हजार नगद प्राप्त गर्ने छन् । यो दुवै समूहका १० औ स्थान सम्म हाँसिल गर्ने खेलाडी पनि नगद पुरस्कारले सम्मानित हुनेछन् । ६ इभेन्टकै एउटै रुट र एउटै दूरी रहेको छ ।

त्यसै गरि गण्डकी प्रदेश स्तरिय महिला तथा पुरुष साईकल दौडका विजेताले ५ हजार उपविजेताले ३ हजार र तृतिय हुनेले २ हजार ५ सय प्राप्त गर्ने छन् । पालुङटार नगरपालिका स्तरिया महिला तथा पुरुष साईकल दौड प्रतियोगिताको विजेताले २ हजार ५ सय,उपविजेताले २ हजार र तृतिय हुनेले एक हजार प्राप्त गर्ने छन् । स्थानीय संस्कृतिको संरक्षण तथा साहसिक खेलको विकास भन्ने उद्देश्यले संचालन भएको प्रतियोगिताको अनुमानित बजेट ३० लाख रहेको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close