राष्ट्रव्यापी खुला स्नुकरमा निर्माणलाई सफलता

काठमाडौं सम्वाददाता । निर्माण बोगटीले प्रथम चक्र लामा/किसन लामा राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगितामा बिहीबार सफलता हात पारेका छन् ।

काठमाडौमा सञ्चालन भइरहेको प्रतियोगितामा चन्डेश्वरीका निर्माणले एस स्नुकरका मिराज अधिकारीलाई ३–० ले पराजित गरेका हुन ।

एसका मिलन लामाले लास्ट ब्रेकका निसइज महर्जनलाई ३–१, युडी स्क्वारका सुजेन शाहीले कुमारी क्लबका सञ्जय तामाङलाई ३–०, १४७ क्युका सुमन थापाले आङजीका तपेन्द्र थापालाई ३–० र बीएचएएनसीका सन्दिप गुरुङले बौद्ध स्नुकरका राजु चौधरीलाई ३–१ ले हराए ।

अन्य खेलमा अजिमाका फुरी शेर्पाले युडीका समिर राजलवतलाई ३–०, ब्रेक प्वाइन्टका रविन्द्र विष्टले न्यु गोल्डेन क्युका दिनेश कार्कीलाई ३–०, चामुण्डका सविन तामाङले पोखराका निर्भिक लामालाई ३–० तथा सुशान्त श्रेष्ठले चामुण्डका सुलभजंग सुवेदीलाई ३–२ ले पन्छाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close