
पोखरा स्पोर्टस । सन २०२१ मा जापानमा आयोजना हुने विश्व खेलकुदको महाकुम्भ ओलम्पिकको तयारीमा खेलाडीहरुको राष्ट्रिय खेलकुद परिषद (राखेप)ले फिजिकल फिटनेश परिक्षण गरेको छ ।
वाइल्डकार्ड मार्फत ओलम्पिको तयारीका लागि वन्द प्रशिक्षणमा रहेका आर्चरी र भारोत्तोलनका ४ जना खेलाडीको प्रथम चरणको फिजिकल फिटनेश गरिएको हो । राखेपका उपनिर्देशक हिमालराज दाहालको नेतृत्वमा खेलाडीको फिजिकल फिटनेश परिक्षण गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवालको निर्देशन अनुरुप राखेप तालिम तथा प्रशिक्षण विभागले खेलाडीहरुको परिक्षण सम्पन्न गरेको जनाइएको छ । पहिलो चरणको परिक्षणमा नेपाल खेलकुद विज्ञान प्रतिष्ठानका खेल विज्ञ सुलोचना सिजख्वा र शारिरिक सुगठन तथा फिटनेशका मुख्य प्रशिक्षक राजेन्द्र रत्न तुलाधरले गरेको उपनिर्देशक दाहालले पोखरा स्पोर्टसलाई बताए ।
कोभिडका कारण लामो समय पछि प्रशिक्षणमा फर्किएका खेलाडीहरुको शारिरिक हवस्ता औषता पाइएको परिक्षण पछि उपनिर्देशक दाहालले बताए । वन्द प्रशिक्षणमा रहेका खेलाडीहरुको अझै २ पटक परिक्षण गरि शारिरिक अवस्थाको मुल्याङ्कन गरिने समेत उनले बताए ।
वाइल्डकार्ड मार्फत आर्चरी खेलका लागि तयारीमा रहेका खेलाडीमा ज्ञानु अवाले र तिलक पुन मगर रहेका छन भने प्रशिक्षकमा कृष्ण माया स्याङतान रहेकी छन भने भारोत्तोलनतर्फ खेलाडीमा सञ्जु चौधरी र कमला श्रेष्ठ तथा प्रशिक्षकमा सञ्जय महर्जन रहेका छन ।
