
पोखरा स्पोर्टस । पोखराका अग्रज फुटबल खेलाडी लोक बहादुर रञ्जितको निधन भएको छ ।
पोखरा ११ रानीपौवा स्थित आफ्नो निवासमा ८३ वर्षको उमेरमा शनिवार राति १० वजे उहाँको निधन भएको हो । केही समय देखि विरामी समेत रहनु भएका स्व. रञ्जित नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपालको संस्थापक आजिवन सदस्य समेत रहनुभएको थियो ।
पोखरा रानीपौवा स्थित रञ्जित काष्ठ उद्योग समेत सञ्चालन गर्दै आउनुभएका स्व. रञ्जितका एक श्रीमती, ५ छोरा र ३ छोरी रहेका छन । उहाँको आजनै धार्मिक परम्परा अनुसार दाह संस्कार गरिने भएको छ ।
