एनओसीका अध्यक्ष र महासचिब श्रेष्ठद्वय ओमान तर्फ

पोखरा स्पोर्टस । नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष तथा सांसद जिवनराम श्रेष्ठ र महासचिब निलेन्द्रराज श्रेष्ठ ओमान प्रस्थान गर्नुभएको छ ।

एनओसी अध्यक्ष तथा सांसद श्रेष्ठ ओमान पुगेपछि
एनओसी अध्यक्ष तथा सांसद श्रेष्ठ ओमान पुगेपछि

ओलम्पिक काउन्सिल अफ एशिया (ओसिए)को डिसेम्वर १६ तारिख ओमानको राजधानी मस्कटमा आयोजना हुने बैठकमा सहभागिता जनाउनु त्यस तर्फ प्रस्थान गर्नु भएको हो । कोभिड–१९ का कारण लामो समय देखि प्रत्यक्ष रुपमा हुन नसकेको ओसिएको वैठक यस पटक मस्कटमा आयोजना हुने भएको महासचिब श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो–“यो वैठकमा निकै महत्वपूर्ण छलफल हुनेछन । सवै देशका प्रतिनिधीहरुले वर्तमान अवस्थाका बारेमा रिर्पोटिङ गर्ने र रोकिएका खेलकुद कार्यक्रमहरु कसरी अघि वढाउने बारे निर्णय समेत हुनेछन ।”

साउदी अरेबियाको रियाद र कतारको दोहाबीच २१ औं एसियाली खेलकुद आयोजनाका लागि प्रतिस्पर्धा भइरहेको छ । मतदान अगाडि नेपाली टोलीले साउदी ओलम्पिक कमिटीका अध्यक्ष अब्दुलाजिज बिन टुर्कि अल फैजल अब साउद तथा कतार ओलम्पिक कमिटीका अध्यक्ष सेख तमिम बिन हमाद अल थानीसँग परस्पर सहयोगको सम्भावनालाई लिएर छुट्टा छुट्टै वार्ता गर्ने  महासचिब श्रेष्ठले बताउनुभयो ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाखको पनि सहभागिता रहने साधारण सभामा साउदी र कतारी ओलम्पिक कमिटीले सन् २०३० को एसियाली खेलकुद आयोजनाको दाबीबारे आफ्नो प्रस्तुती दिनेछन् । त्यसमा ओसीसीको मूल्यांकन कमिटीले प्रतिवेदन पेस गर्नेछ । त्यसपछि चुनाव हुनेछ र लगतै त्यसमा विजयी सहरसँग प्रतियोगिताको आयोजनालाई लिएर सम्झौता हुनेछ ।

साधारण सभाका अवसरमा सान्यमा हुने छैटौं बिच एसियाली खेलकुद, थाइल्यान्डमा हुने छैटौं एसियाली इन्डोर तथा मार्सल आर्टस खेलकुद, सान्तोउमा हुने तेस्रो एसियाली युवा खेलकुद र हाङझोउमा हुने १९ औं एसियाली खेलकुदबारे पनि छलफल हुनेछ । यसै ओसीए अन्तर्गतका विभिन्न कमिटीका प्रतिवेदन पनि साधारण सभाका क्रममा पेस गरिनेछ । कार्यक्रमले अब हुने साधारण सभाको मिति र स्थानबारे पनि निर्णय गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close