
पोखरा । नेपाल ओलम्पिक कमिटी (एनओसी)का महासचिब निलेन्द्रराज श्रेष्ठलाई कोरोना सङक्रमण पुष्टि भएको छ ।
गत साउनको अन्तिम साता एनओसीका २ कर्मचारीमा कोरोना पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको परीक्षणमा महसचिब श्रेष्ठलाई समेत कोरोना पुष्टि भएको हो । उनी संगै एनओसीमा कार्यरत थप २ कर्मचारीमा समेत कोरोना पुष्टि भएको पाइएको छ ।
आफुलाई कोरोना सक्रमण भए पनि आफ्नो स्वास्थ्य स्थिती सामान्य रहेको महासचिब श्रेष्ठले पोखरा स्पोर्टसलाई बताए । “हाम्रो कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएपछि हामीले परीक्षण गरेका थियौं”, उनले भने–“मेरो स्वास्थ्य स्थिती सामान्य रहेको छ ।” उनले सवैलाई सर्तक रहन र सक्रमण भइहाले पनि नआतिन आग्रह गरे ।
कोरोना सङक्रमण पुष्टि भएपछि आफू सेल्फ आइसोलेसनमा सुरक्षित रुपमा बसेको महासचिव श्रेष्ठले बताए । “म यति वेला नियमित रुपमा चिकित्सकको सल्लाह र निगरानीमा वसेको छु”, उनले भने–“कोरोना सङक्रमण पुष्टि हुँदैमा आत्तिइहाल्नु पर्दैन स्वास्थ्यका सबै प्रोटोकलहरु लागु गर्दै नियमित अनुशासनमा वस्न आवश्यक छ ।”
एनओसीमा कार्यरत कर्मचारीहरुको साउन ३२ गरिएको कोरोना परीक्षणमा २ जना कर्मचारी कोरोना पुष्टि भएको थियो । उनीहरुको कोरोना पुष्टि भए सँगै भदौ ३ गते एनओसीका पदाधिकारी, कार्यसमितीका सदस्य तथा कर्मचारीहरु गरि २० जनाको कोरोना परीक्षण गरिएको थियो ।

Get well soon , take care dai.
Get well soon , take care dai.