
पोखरा । संघिय सरकारका युवा तथा खेलकुद मन्त्री जगत वहादुर सुनार (विश्वकर्मा) ले राष्ट्रिय खेलकुद परिषदको वोर्ड सदस्यमा मनोनयन गरेका सम्पन्न श्रेष्ठले आज मनोनयन पत्र वुझेका छन ।
युवा तथा खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रमका विच श्रेष्ठलाई मन्त्रालयका सचिब राम प्रसाद थपलियाले मनोनयन पत्र प्रदान गरेका हुन । राष्ट्रिय खेलकुद विकास ऐन २०७७, को दफा ३ को उपदफा (२)को ढ बमोजिम श्रेष्ठलाई ४ वर्षका लागि मनोनयन गरिएको हो ।
पत्र वुझे पछि संक्षिप्त कुराकानी गर्दै राखेप वोर्ड सदस्य श्रेष्ठले आफु संघै खेलको विकास र खेलाडीको समृद्धीको पक्षमा काम गर्ने बताए । “हिजो म पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीको छोटो कार्यकालमा पनि संधै खेलाडीको हितमा काम गरेको थिंए” उनले भने–“आज म जहाँ पुगेको छु त्यो मैले हिजो खेलकुदमा इमान्दारी पुर्वक काम गरेको पुरस्कार हो भन्ने वुझेको छु ।”
नवनियुक्त सदस्य श्रेष्ठले आफुनो ध्यान अव गण्डकी प्रदेशमा आयोजना हुने नवौ राष्ट्रिय खेलकुद परिषदको भव्य तयारी संगै आफुलाई प्राप्त हुने जिम्मेवारीलाई गहन तरिकाले निभाउने बताए ।
