‘म निवेदन बोकेर जागिर खान जाने कि नजाने सोच्न दिनुस्’–सिलवाल

पोखरा । राष्ट्रिय खेलकुद परिषद (राखेप) का निवर्तमान सदस्य सचिब रमेश कुमार सिलवालले राखेपमा जाने विषयमा आफुलाई अझै केही समय सोच्न दिन आग्रह गरेका छन ।

युवा तथा खेलकुद मन्त्रालयले शुक्रवार सुचना प्रकाशित गरि सदस्य सचिबका लागि दरखास्त आह्वान गरे संगै निवर्तमान सदस्य सचिब सिलवालले उक्त कुरा बताएका हुन । “म निवेदन बोकेर जागिर खान जाने कि नजाने सोच्न दिनुस” उनले भने–“मैले चाहे भने यो निवेदनको कुनै अर्थ छैन, तर यस बारे सबै सङ्ग छलफलमा रहेकोले अहिले नै केही नवोलौ ।”

विगत ३० वर्ष देखि आफु ‘टिचिङ प्रोफेशन’मा रहेकोले पनि कुनै कुरा ‘कम्प्लीकेटेड’ छ भने त्यसलाई ‘सिम्पल’ बनाउन पर्छ भन्छौ उनले भने–“सिम्पल कुराले हुने ठाउँमा किन कम्प्लीकेटेड?” अहिलेको खेलकुद विकास विधेयक आफ्ना लागि निकै कम्प्लीकेटेड भएको उनले थपे–“अहिले दरखास्त माग्लन, भोलि अन्तरवार्ता भन्लान, तेश्रो अर्कै थोक भन्लान अनि चौथो अर्कै कुरा माग्लान, सिम्पल हुने चिजलाई किन कम्पलीकेटेड, यो वढि भन्दा वढी कम्पलीकेटेड छ यस विषयमा सोच्नै पर्छ ।”

जागिर खाने टेन्सनले आफु राखेपमा सदस्य सचिब नभएको बताउँदै आफुलाई विगतमा सदस्य सचिबको पद सम्हाल्न त्यहाँ गएको बताए । उनले भने–“आफुलाई लौन तपाई आएर खेलकुद सम्हालदिनुस भनेर नै सदस्य सचिवको पद सम्हालेको हुँ ५१ हजारको जागि खान गएको थिइन ।” “आफु ३५०० भन्दा वढीलाई जागिर दिएको मान्छे, ११०० कर्मचारी त्यही पनि मेची देखि महाकाली सम्मका लाई के हेर्न जानु ?” उनले प्रश्न गर्दै भने–“म त राष्ट्रको गरिमा बढाउनका लागि परिषदमा गएको थिँए, जुन जिम्मेवारी भनेको सम्यमा पुरा गरे जस्तो लाग्छ ।”

हरेक मानिसको आफ्नो इज्जत प्रतिष्ठा हुने भएकोले त्यही मन्त्रीले चार वर्षका लागि नियुक्ति दिएको मानिसलाई ३६५ दिनमा नै विदा किन दिइयो भन्ने प्रश्न गर्दै भने–“यहि प्रोशेसमा जाने भए मेरो बारेमा सोच्न पर्थेन ? के म राखेपमा वसेर केही अपराध गरेको थिए र ? कम्तिमा एउटा धर्म त हुन्छ होला नि ? चार वर्षका लागि नियुक्ति दिनले एक शव्द पनि उच्चारण नर्गने ? ऐन आउनु भन्दा अघि एउटा कुरा अनि आएपछि अर्कै ? यहि अवस्था हो भने दरखास्त हाली–हाली किन जागिर खान जानु ।” अहिलेनै आफु परिषद फर्कने बारे केही नसोचेको बताउँदै सबै सङ्ग सल्लाहमानै रहेको बताए ।

नेकपाका अध्यक्ष एवम प्रधानमन्त्री केपी ओलीका निकट मानिने निवर्तमान सदस्य सचिब सिलवालले आफुले खेलकुदमा रहेर धेरै मित्र कमाएको बताए । अहिले पनि परिषदमा फिर्ता जान धेरै शुभेच्छुकहरुको सल्लाह रहेपनि आफु त्यहाँ जान चाहना राख्ने हो भने मन्त्रालयले गठन गरेको समितीको सिफारिस समेत आफुलाई आवश्यक्ता नरहेको तर जाने कि नजाने भन्ने बारे भने धेरै सोच्नुपर्ने रहेको उनले उल्लेख गरे ।

युवा तथा खेलकुद मन्त्रालयले शुक्रबार मात्रै सदस्य सचिब नियुक्तिका लागि ७ दिने सुचना प्रकाशित गरेको छ भने मन्त्रालयका सचिबको संयोजकत्वमा ३ सदस्यिय छनौट समिती गठन गरेको छ । खेलकुद विकास विधेयक २०७७ अनुसार सदस्य सचिब बन्नका लागि ३० वर्ष उमेर पुगेको, स्नातक तह उर्तिण र खेलकुदमा पाँच वर्ष अनुभव भएको हुनुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close