
पोखरा । राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य राजेश गुरुङले आइतबार अपाङ्ग र वृद्ध–वृद्धा तथा विपन्नहरुलाई राहत प्रदान गरेका छन ।

नेपालमा केही दिन देखि लकडाउन केही खुकुलो भएपनि अपाङ्ग, वृद्ध–वृद्धा तथा विपन्नहरुको दैनिक जिवन भने अझै सहज बन्न सकेको छैन । शनिवार मात्रै पोखरा रंगशालामा तमु धीं युकेले करिव २ सय ५० जना भन्दा वढीलाई राहत वितरण गरेपनि रंगशालामा राहत वितरण गरेको सुनेर आज पनि आएका थिए ।

पोखरा रंगशाला गेटमा उभिएका अपाङ्ग र वृद्ध–वृद्धाहरुलाई देखेर राखेप सदस्य गुरुङले व्यक्तिगत रुपमा १० जनालाई राहत प्रदान गरेका थिए । विभिन्न सामाग्री सहित करिव २० हजारको बरावरको राहत प्रदान गरिएको उनले जानकारी दिए । “हिजो मात्रै तमु धीं युकेले रंगशालामा विपन्नहरुलाई राहत वितरण गरेको थियो” उनले भने–“त्यही सुनेर आएका थिए, अव कम्तिमा पनि उनीहरुको चुल्हो वल्छ ।”
