
पोखरा । केही दिन अघि एक सञ्चार माध्यममा तराई मधेश विरुद्ध वोलेको भन्दै नेपाली फुटबलको छाता संस्था अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष शेर्पा विरुद्ध मधेशी आयोगमा उजुरी परेपछि अध्यक्षले सफाई दिएका छन ।
एक अनलाइन पत्रिकासङ्गको भर्चुअल सम्वादमा अध्यक्ष शेर्पाले तराई मधेशमा राष्ट्रियता सिकाउनका लागि पनि फुटबलका प्रशिक्षण र कार्यक्रमहरु सञ्चालन गरेको बताएका थिए । उनको यो भनाई पछि प्रतिनिधीसभामा समेत कार्वाही गर्न आवाज उठेको थियो । तर एक साता सम्म वितिसक्दा समेत कुनै चासो नदिएका अध्यक्ष शेर्पाले मधेशी आयोगमा उजुरी परेपछि एकाएक माफी मागेका हुन ।

अध्यक्ष शेर्पाले एक विज्ञप्ती प्रकाशित गरि भनेका छन–“आफ्नो अभिप्राय तथा भावना भाषा, धर्म, लिङ्ग, तथा सम्प्रदायको राष्ट्रियता माथी प्रश्न गर्ने कुनै मनसाय होइन, यदि त्यस्तो हुन गएमा त्यस प्रति क्षमा याचना गर्दछु ।” उनले राष्ट्र र राष्ट्रियताका सवालमा आफुमा कुनै भ्रम र सन्देह नरहेको बताउँदै उनले तराईमा नेपाली भुमीको रक्षार्थ अनेकरन संघर्षको मोर्चामा रहेकोले एक स्वाभिमानी नेपालीको हैसियतले संधै ऋणी रहेको उल्लेख गरेका छन ।
