
केशव पाठक/ पोखरा,
कोभिड–१९ कोरोना विश्वमा फैलिए संगै संक्रमण रोक्न यति बेला नेपाल समेत लकडाउनमा छ । सरकारले लकडाउन घोषणा गरे संगै १२ दिन देखि लगातार नागरिकहरु घर भित्रै बस्न बाध्य छन । तर यो लकडाउनको समयलाई समेत सदुपयोग गर्दैछन राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङ र खेलकर्मीहरु ।

पोखरा रंगशाला भित्र बनिरहेको फुटबल बैकल्पिक मैदान निर्माणमा खटिने कुनै मजदुर छैनन । कोरोनाका कारण लकडाउन शुरु भए संगै सबै कार्यरत मजदुरहरु कोही आ–आफ्नो गाउँ फर्किसके भने कोही घरमानै छन । तर प्रशिक्षण मैदानलाई अन्तिम रुप दिन खटिरहेका छन परिषदका सदस्य गुरुङ । उनी भन्छन–“यो समय सदुपयोग गर्ने समय हो, आफू जहाँ बाट जे गर्न सकिन्छ त्यो गर्ने हो ।”

यो पोखरा रंगशाला भित्रको त्यही मैदान हो जुन एन्फा कास्कीले निर्माण गर्दा गर्दै अलपत्र छोडेको थियो । युवा तथा खेलकुद मन्त्रीको निर्देशनमा परिषदले ९० लाख रकम विनियोजन गर्यो । क्षेत्रिय खेलकुदले जिम्मा दियो एन्फा कास्कीलाई उपभोक्ता मार्फत काम गर्न । ३० लाख रकम समेत आयो । तर एन्फा कास्कीले यसलाई विचमानै अलपत्र छोड्यो । काम ढिलो संगै अलपत्र पारेपछि थप रकम पनि परिषदले नपठाउने भयो ।

बैकल्पिक मैदानको पुर्व तर्फ विशालकाय स्टेडियम काम सम्पन्न हुने तरखरमा छ । तर त्यो स्टेडियमको मुखमानै अलपत्र बन्यो प्रशिक्षण मैदान । रकम समेत नआउने भएपछि परिषद गुरुङ आफै त्यो मैदान बनाउन यतिबेला कस्सिएका छन । आफूले संधै प्रधानमन्त्री बाट उर्जा पाउने भएकोले र उहाँको सन्देशले पनि काम गर्न आफू लालयित बन्ने गुुरुङ बताउँछन । “चाहे प्रधानमन्त्रीज्युले भनेको कुरा हुन वा संधै खेलकुद विकासमा तल्लिन परिषद सदस्य सचिब रमेश सिलवाल उहाँहरु बाटनै मैले उर्जा पाउने गरेको छु ।”

मैदान बनाउँदै गरेको तस्विरहरु पोष्ट गर्दै परिषद सदस्य गुरुङ लेख्छन–“देशको यो नाजुक घडिमा पनि सम्माननीय प्रधानमन्त्री ज्युको मार्ग दर्शन र सदस्य सचिव रमेश सिलवाल ज्युको साथ पाएर म आफ्नो काम प्रति लगनशीलताका साथ नवौं राष्ट्रिय खेलकुद लाई लक्षित गर्दै लक डाउनको समयमा पनि रंगशाला परिसर र फुटबल मैदानको काम लाई निरन्तरता दिदैं आएको छु ।”

उनले लेखेका छन–“सबै सुरक्षाका साथ सिमित कामदार र मेरा कार्यहरूमा सधै साथ दिने मदन भण्दारी स्पोटर्स ऐकेडेमीका साथीहरू शिव गुरूङ, हरि(नाराज) खड्का, चन्द्र गुरूङ (जिम्मि), सुदिप आचार्य, सुजन आचार्य, मनिषा गुभाजु ,अखिल कुमार शाहि लगायतका टिम मिलेर रंगशालामा काम भैराखेको छ र मलाई माया गर्ने मेरो साथीभाइ, सुभचिन्तकहरू प्रति मलाई माया र साथ दिनु हुने सबै लाई धेरै धेरै धन्यवाद र हजुरहरूको बिश्वासलाई कहिले डगमाउन दिने छैन । अन्ततः यस खेल मैदानले खलाडि, खेलप्रेमी, प्रशिक्षण सबैलाई टेवा पुर्याउने छ । अन्तिममा सबैलाई आ–आफ्नो स्वाथ्यलाई लिएर सतर्कता अपनाउनु हुन पनि अनुरोध गर्दछु ।”
अहिले यति बेला रंगशाला परिशरमानै रहेको डोजरबाट काम भइरहेको गुरुङले जानकारी दिए । डोजर चालक समेत विदामा रहेकोले स्वयसेवकहरुले डोजर चलाउने गरेका छन । दैनिक ५–६ घन्टा काम भइरहेको ले नवौ राष्ट्रिय खेलकुदका लागि समेत यो मैदान तयार हुनेमा परिषद सदस्य गुरुङ विश्वस्त छन । “हामीले क्षेत्रिय खेलकुद र जिल्ला खेलकुद कास्कीको समन्वयमा यो काम सम्पन्न गर्न लागेका छौं”–उनले भने । १३ औं एसियाली खेलकुदमा समेत यसरीनै काम गरेर सबैको मन जितेका परिषद सदस्य गुरुङ अरुको प्रशंसा भन्दा पनि कामप्रतीको उनको लगाव भने झनै बढेर गएको छ ।
