राखेप सदस्य गुरुङले गरे सहारा टोलीलाई स्वागत

पोखरा, राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य राजेश गुरुङले १८ औं आहा रारा गोल्ड कपको सन्दर्भमा पोखरा आएको सहारा युके, सहारा हङ्गकङ्गको टोलीलाई पोखरामा स्वागत गरेका छन ।

पोखराको खेलकुद संगै पोखरा रंगशालालाई पर्खाल लगाएर संरक्षणमा गैर आवाशिय नेपालीहरुको ठूलो योगदान रहेको भन्दै स्वागत गरिएको हो ।

सो अवसरमा राखेप सदस्य गुरुङले गैर आवाशिय नेपालीहरुले पोखराको खेलकुद विर्सनै नसकिने कार्य गरेकोमा प्रशंसा गर्दै आगामी दिनमा समेत यस्तो सहयोगलाई अगाडी बढाउन आग्रह गरे ।

१३ औं दक्षिण एशियाली खेलकुदमा पोखरामा भएका ८ वटा खेलकुद अत्यन्तै सफल रुपले सम्पन्न भएको प्रशंग राख्दै राखेप सदस्य गुरुङले पोखरा अब कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न सक्षम छ भन्ने प्रमाणित भएको बताए ।

कार्यक्रममा सहारा युकेका अध्यक्ष कुमार गुरुङले खेलकुदको क्षेत्र बाट आफूहरुलाई सम्झिने काम भएकोमा आभार व्यक्त गर्दै आगामी दिनमा समेत सहारा पोखरा लगाएत अन्य खेलकुदका कार्यक्रमहरुमा आफ्नो सहयोग निरन्तर रहने धारणा राखे ।

सो अवसरमा राखेप सदस्य गुरुङले मदन भण्डारी स्पोर्टस एकेडेमीको तर्फबाट सहारा युके र सहारा हङ्गकङ्गको टोलीलाई मायाको चिनो प्रदान गरे भने सहारा युकेका तर्फ बाट अध्यक्ष कुमार गुरुङले मायाको चिनो प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close