महिला लिग भलिबलः चितवनको दोहोरो जित, एपिएफ शीर्षस्थानमा

पोखरा, तीन इरानी खेलाडी समावेश गरेको चितवन टाइगर्सले १५औं सानमिगेल ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगितामा सोमबार दोहोरो जित हात पारेको छ ।

नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको खेल मैदानमा सोमबार भएको खेलमा चितवनले पहिलो खेलमा सामाखुशी इंग्लिस बोर्डिङ स्कुल (सेव) लाई तथा दोस्रो खेलमा पारामाउन्ट स्कुलमाथि सहज जित निकाल्दै दोहोरो जित हात पारेको हो । दोहोरो जितसँगै चितवनले २ खेलबाट ६ अंक जोडेको छ । पहिलो खेलमा चितवनले सेवलाई २५–८, २५–७ र २५–५ को सहज जित निकाल्दा दोस्रो खेलमा पारामाउन्टको चुनौती २५–१३, २५–११ र २५–१२ ले पन्छायो । पारामाउन्टले ६ खेल खेल्दा ३ अंक मात्रै जोड्न सफल भएको छ ।

यस्तै सोमबारै ाविक विजेता तथा उपाधि दावेदार विभागीय नेपाल एपिएफ क्लबले बुलबुले रारा भलिबल क्लब (बीआरसी) माथि ३–० को सोझो सेटमा जित हात पार्दै लिगको शीर्षस्थानमा उक्लन सफल भएको छ । अपराजित रहेको एपिएफको ५ खेलबाट १४ अंक पुगेको छ । एकपक्षीय खेलमा एपिएफले बीआरसीमाथि २५–२०, २५–१२ र २५–१० को सहज जित हात पारेको थियो ।

आफ्ना मुख्य स्पाइकर प्रतिभा माली विना लिग खेलिरहेको होङ्ग्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबले लिगमा पहिलो हार बेहोर्दा विभागीय त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा नतिजा सुम्पिएको छ । प्रतिभाविना फितलो देखिएको डायमन्डले आर्मीलाई २५–२०, २५–१५ र २५–१२ ले नतिजा सुम्पियो । यस जितले आर्मीले ४ खेलबाट ९ अंक जोडेको छ । डायमन्डको ५ खेलबाट १२ अंक छ ।

आइतबारै विभागीय नेपाल पुलिस क्लबले आयोजक ढोरपाटन स्पोर्ट्स क्लबमाथि २५–१६, २५–१० र २५–७ को सहज जित निकाल्दै दोस्रो स्थानमा उक्लन सफल भएको छ । पुलिसको ५ खेलबाट १३ अंक पुगेको छ । पुलिससँग पराजित भएको ढोरपाटनले पारामाउन्टमाथि २५–११, २५–१४ र २५–१३ को सहज जित हात पा¥यो । ढोरपाटनको ५ खेलबाटै ९ अंक छ । लिगमा मंगलबार ५ खेल हुने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close