राखेप सदस्य गुरुङले गरे गरिब असाहयको उपचारका लागि नगद सहयोग

पोखरा, राष्ट्रिय खेलकुद परिषदका सदस्य एवं पोखरा रामबजार निवासी राजेश कुमार गुरुङले आार्थिक विपन्न तथा असहायक बर्गका विभिन्न रोगबाट ग्रसित व्यक्तिहरुलाई औषधी उपचारार्थ सहयोग हस्तान्तरण गरेकाछन ।

पोखराको इन्द्रचोकमा रहेको फेमिली होमियोपेथिक हस्पिटल तथा इन्द्र मार्ग आमा समुहले मंंगलबार हस्पिटल परिसरमै आयोजना गरेको इन्द्रेणी सांस्कृतिक कार्यक्रमको अवसरमा उक्त रकम राखेप सदस्य गुरुङले हस्तान्तरण गरेका हुन ।

गायक कृष्ण कडेल सहितको टोलीले हस्पिटल परिसरमा प्रस्तुत गरेको सांस्कृतिक कार्यक्रमबाट करिब ५ लाख रुपैया संकलन भएको हस्पिटलका संस्थापक चन्द्रावती गुरुङले बताइन् । उक्त रकम मध्य केही रकम आफ्नो हस्पिटलमा उपचार गर्दै गरेका बिरामीहरुको लागि समेत सहयोग प्राप्त भएको उनले जनाइन ।

सांस्कृतिक कार्यक्रम मार्फत संकलन भएको रकम विपन्न तथा असहायक बर्गका लागि भएकोले आफुहरुलाई निकै खुसि लागेको हस्पिटलका संस्थापक अम्मरदेवि गुरुङले जनाइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pokhara Marathon 2026


This will close in 3 seconds

Close
Close