‘पोखरा म्याराथन १४ औं संस्करण पुग्नु मेहनतको प्रतिफल’–यूवा तथा खेलकूद मन्त्री विश्वकर्मा

पोखरा, २ पुष । यूवा तथा खेलकूद मन्त्री जगत वहादुर विश्वकर्मा (सुनार) ले पोखरा म्यारथन १४ औं सस्करणमा पुग्नु सबैको मेहनतको प्रतिफल भएको बताएका छन ।

भूतपूर्व खेलाडी मंच नेपालले बुधबार पोखरामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री विश्वकर्माले उक्त कुरा बताएका हुन । उनले कठिन परिस्थिती संगहरु जुझ्दै शुरु भएको पोखरा म्याराथनको ईतिहास गर्विलो रहेको बताउँदै खेलकूदका अग्रज व्यक्तित्वहरुले गरेको प्रयास भावी पुस्ताका लागि सकारात्मक सन्देश प्रवाह गरेको बताए ।

पूर्व खेलाडीहरुको साझा संस्थाको रुपमा स्थापित मंच नेपाली समाजका लागि उदाहरणिय रहेको बताउँदै मन्त्री विश्वकर्माले भने–‘२०५९ सालमा पोखरा रंगशालाको पर्खाल निर्माण गरेर मंचले खेलकूदको क्षेत्रमा भावी पुस्ताका लागि गर्व गर्ने इतिहास कोरेको छ ।’ उनले मंचको इतिहास दो¥हाउँदै पोखरेलीहरुले आफ्नो छाक काटेर धेरै खेलकूदका पूर्वाधार निर्माण गरेको कुरा आफू जुन जिल्ला जाँदा पनि प्राथमिकतामा राखेर उल्लेख गर्ने गरेको बताए ।

नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकूद (साग) भब्य रुपमा सम्पन्न गर्न पोखरेलीहरुले समेत ठूलो भूमिका प्रशंसनिय रहेको बताउँदै मन्त्रि विश्वकर्माले पोखरामा सागमा निर्माण सम्पन्न हुन नसकेका पूर्वाधारहरु सम्पन्न गर्ने संगै नवौ राष्ट्रिय खेलकूद तयारीका लागि रणनितीका साथ पूर्वाद्धार निर्माणमा जुट्ने बताए ।

एक प्रशंगमा मन्त्री विश्वकर्माले गण्डकी प्रदेशमा खेलकूदका लागि प्राकितिक हिसावले समेत अथाह सम्भावना रहेको कुरा उल्लेख गर्दै यसको बिकासका लागि प्रदेश सरकार र महानगरलाई एकाकार बनाएर लैजाने बताए । उनले कास्कीको घान्द्रुक, बागलुङको ढोरपाटन, मनाङ र मुस्ताङ जिल्लामा हाई अल्टीच्यूड खेल मैदान निर्माण गर्ने कुरालाई अभियानका रुपमा अगाडी बढाउने बताए ।

सो अवसरका बोल्दै मंचका अध्यक्ष तेज गुरुङले अब फागुन ३ गते हुने १४ औं सस्कारणको पोखरा म्याराथनको विदेशी धावकहरु आर्कषण बढाउन पुरुस्कार राशीमा वृद्धी गरिने जानकारी दिए । उनले प्रथम, द्वितिय र तृतियलाई क्रमश ३, २ र १ लाख नगद पुरुस्कार दिइने बताए । उनले पोखरालाई सिटी म्याराथनको अवधारणा अन्तरगत पोखरालाई म्याराथा सिटीको रुपमा पहिचान गराउन मंचले गरेको प्रयासका लागि सहयोग गर्न आग्रह गरे । खेलकुद लाई शंयूक्त राष्ट्रसंघले प्रतिपादन गरेको सन २०३० सम्म दिगो विकास लक्ष्य प्राप्तीका लागि खेलकूद अपरिहार्य रहेको उनले उल्लेख गरे ।

कार्यक्रममा मंचका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद पराजुली, सचिब कृष्ण तिमिल्सिना लगाएतले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close