पोखरामा हुने १३ औं सागमा १ सय ५१ पदकका लागि प्रतिष्पर्धा हुँदै

पोखरा, मंसिर १५ गते देखि हुन लागेको १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)मा प्रतिष्पर्धा हुने ८ खेलमा कूल १ सय ५२ वटा पदकको लागि खेलाडीहरु प्रतिष्पर्धा गर्दैछन् ।

१३ औ सागको ८ खेल मध्ये आर्चरीमा ३०, व्याड्मिन्टनमा २८, महिला क्रिकेटमा ३, महिला फुटबलमा ३, ह्याण्डबलमा ६, ट्राइयाथोलन १५, विच भलिबल ६, भारत्तोलनमा ६० गरी कुल १ सय ५१ वटा पदकका लागि प्रतिष्पर्धा गर्ने भएका हुन् ।

त्यसैगरी आर्चरीमा १० स्वर्ण १० रजत र १० कास्य गरी ३० पदकका लागि प्रतिष्पर्धा हुँदैछ । व्याटमिन्टनमा ७ स्वर्ण, ७ रजत र १४ कास्य, महिला क्रिकेटमा १ स्वर्ण, १ रजत र १ कास्य, ह्याण्डबलमा २ स्वर्ण २ रजत र २ कास्य, ट्राइयाथोलन ५ स्वर्ण ५ रजत र ५ कास्य, महिला बिच भलिबलमा २ स्वर्ण २ रजत र २ कास्य हुदैछ भने भारत्तोलनमा समान २० स्वर्ण २० रजत र २० कास्य पदकमा प्रतिष्पर्धा हुँदैछ ।

बहुप्रतिक्षित रुपमा रहेको साग शुरु हुन मात्र ६ दिन बाँकी रहँदा पोखरामा मात्रै विभिन्न खेलका ८ सय २४ जना खेलाडी तथा अफिसियलहरु पोखरा आउँदैछन् । त्यसैगरी करीब ४ सय ९१ जना प्राविधिक र अफिसियल पोखरा आउने कार्यक्रम तय भइसकेको साग तयारी समितिका सदस्य तेज गुरुङले जानकारी दिए । बाकीँ खेल मध्ये २ खेल पोखरा स्थित लेकसाइडमा आयोजना हुनेछन भने एक खेल भारोत्तोलन माटेपानी स्थित केसी क्याटरिङमा हुनेछ ।

विभिन्न देशबाट आउने पाहुना स्वागत सत्कार तथा बसोबासको लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको होटल व्यवस्थापन समितिका संयोजक सूर्य भुजेलले बताए ।

पोखरा रंगशालामा आयोजना हुने ५ वटा खेलको विभिन्न खेल पूर्वाधारहरुको निर्माण कार्य ९५ प्रतिशत सकिएको र बाँकी काम यसै साता भित्र पुरा गरिने राखेप सदस्य राजेश कुमार गुरुङले जानकारी दिए ।

पोखरा बाहेक काठमाडौ र जनकपुर गरी संचालन हुने २८ खेलका लागि कुल १ हजार १ सय ११ पदकका लागि खेलाडीहरु प्रतिष्पर्धा गर्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close