धावक महतो र राईले पोखरा म्याराथनलाई विदेशमा प्रचार गर्ने

पोखरा, पोखरामा यहि २०७६ फागुन ३ गते आयोजना हुने १४ औं पोखरा अन्तर्राष्ट्रिय पोखरा म्याराथन लाई विदेश र स्वदेशमा प्रचारात्मक अभियान मार्फत सहयोग गर्ने भएका छन ।

‘नेपाल रन’ अर्थात ‘मेची महकाली’ दौडका परिकल्पनाकार तथा बेलायत निवासी म्याराथन धावक पान्डब महतो र र ६ वटा विश्व चर्चित म्याराथनमा सहभागिता जनाएका धावक प्रथम नेपाली सन्तोष राईले धरान रन र पोखरा म्याराथनलाई विदेशमा प्रचारात्मक अभियान संचालन गर्ने बताएका छन ।

पोखरा म्याराथनका लागि यूकेको सहयोगी संस्था पोखरेली मंचका अध्यक्ष मान प्रसाद गुरुङका अनुसार ति दुबै म्याराथनका लागि धावक द्वय महतो र राईले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्र बाट धावकहरु सहाभागिता गराउने जनाएका छन । उनीहरुले नेपालको खेलकुद पर्यटन विकासका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापक प्रचार प्रसार गरउँदै आ–आफ्नो ठाउँ, समाज र देशलाई स्वास्थ जीवन जिउन र खेलकुद पर्यटनको माध्यम बाट समृद्धि देश बनाउन सहयोगी भुमिका खेल्ने धारणा समेत राखेको उल्लेख गरे ।

धावक द्वय महतो र राईले फागुन ३ गते हुने पोखरा म्याराथनमा सहभागिता जनाउने छन । उनीहरुले पोखरा म्याराथनमा सहभागिता जनाई आफ्नो शिप, ज्ञान र भावनात्मक सहयोग गर्ने अध्यक्ष गुरुङले यूके बाट जनाएका छन । उनीहरुको यस कार्यका लागि अध्यक्ष गुरुङले आभार समेत ब्यक्त गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close