
पोखरा,
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सहारा एकेडेमी पोखरामा आश्रित २४ जना जुनियर खेलाडीको सहयोगार्थ लाग्ने बार्षिक २० देखि ३० लाखको खर्च प्रदेश सरकारले व्यहोर्ने घोषणा गरेका छन ।
साहारा क्लबको ११ औ अधिवेशनको पोखरा १७ दोबिल्ला स्थित सहारा एकेडेमी उदघाटन गर्दै मुख्यमन्त्री गुरुङले यस्तो घोषणा गरेका हुन । हिमालयन आखा अस्पताल पोखरा, एसओएस बालग्राम पोखरा र साहारा क्लब पोखरा राम्रो काम गर्ने सस्थाहरु भएको उदाहरण दिए । ‘यी सस्थाहरुले सरकारबाट हालसम्म अनुदान पाएका छैनन् तर विभिन्न क्षेत्रबाट रकम जम्मा गरेर उदाहरणीय काम गरिरहेका छन’ उनले भने-‘यस्ता सस्थाहरुलाई प्रदेश सरकारले सधै प्रोत्साहन गर्छ र आवश्यक सहयोग गर्छ ।’
राजनितिक हस्तक्षेपबाट मुक्त संघ सस्थाहरुमा राम्रो काम भैरहेको बताउँदै मुख्य मन्त्रि गुरुङले नेपालमा राजनितिक भागभण्डाकै कारण धेरै सस्थाहरुमा अस्थिरता देखिएको भन्दै मुख्यमन्त्री गुरुङले राजनितिक हस्पक्षेप मुक्त संस्थाहरुले तुलानात्मक रुपमा राम्रो भएको आफुले पाएको बताए । हिमालयन आँखा अस्पताललाई ५० लाख, एसओएस बालग्रामलाई एक करोड सहयोग गरिएको समेत उनले जानकारी दिए ।
अझै पनि देश निर्वाहमुखी र गुजरामुखी अवास्थामा रहेको दृष्टान्त दिदै मुख्यमन्त्री गुरुङले सवै मिलेर यस्ता अवास्थालाई माथि उठाउनुपर्ने आवश्यकता औल्याए । मुख्यमन्त्रीले राम्रो काम गर्ने संघसस्थाले प्रदेशले अनुदान दिने योजना प्रदेशको रहेको समेत सुनाए ।
सो अवसरमा साहारा पत्रकारिकता पुरुस्कार २०७६ बाट नागरिक दैनिका पत्रकार सन्देश श्रेष्ठलाई सम्मान गरिएको छ । पुरुस्कारको राशी २० हजार ५ सय ५५ रुपैया र प्रमाणपत्र रहेको छ । कार्यक्रम सहारा क्लबका अध्यक्ष केशब बहादुर थापाको अध्यक्षतामा भएको थियो ।
