विश्व तेक्वान्दो महासंघका अध्यक्ष चोङ पोखरामा

पोखरा, १९ साउन । विश्व तेक्वान्दो महासंघका अध्यक्ष चोङ वो चोई नेपाल भ्रमणका क्रममा आईतबार पोखरा आएका छन ।

पोखराको विशेष भ्रमण आएका अध्यक्ष चोङलाई पोखरा विमानस्थलमा नेपाल तेक्वान्दो संघ गण्डकी प्रदेशका अध्यक्ष जगन गुरुङ, नेपाल तेक्वान्दो महासंघका उपाध्यक्ष हरिश्वर पोखे्रल, महासचिब दिपराज गुरुङ, तेक्वान्दो गण्डकी प्रदेश महासचिब रमेश पौडेल, खेलाडी तथा प्रशिक्षकहरुले स्वागत गरेका थिए ।

अध्यक्ष चोङ तथा तेक्वान्दो महासंघको टोलीलाई गण्डकी प्रदेश तेक्वान्दो महसंघले विशेष कार्यक्रममा स्वागत गरिने भएको छ । तेक्वान्दो महासंघको ६ सदस्यिय टोली पोखरा भ्रमण संगै यहाँको खेलकुद गतिविधी लगाएत अन्य कार्यक्रमहरुमा सहभागिता जनाउने कार्यक्रम रहेको छ । टोली सोमबार काठमाडौ फर्कने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close