
केशब पाठक,
यूवा तथा खेलकुद मन्त्रि जगत बहादुर विश्वकर्मा (सुनार) ले १३ औं दक्षिण एशियाली खेलकुद (साग) तोकिएकै मितीमानै सम्पन्न हुने बताउँदै यसमा कुनै द्विविधा र आशंका नरहेको स्पष्ट पारेका छन ।

पोखरा रंगशालामा नेपाल खेलकुद पत्रकार मंच गण्डकीले आयोजना गरेको पत्रकार सम्मेलनमा देशको प्रतिष्ठा संग गाँसिएको साग खेलकुद सम्पन्न गर्न सिंगो नेपाल सरकारले समेत प्रतिवद्ध र गम्भिरतापूर्वक लिएको बताउँदै भने–‘साग खेल हुन्छ हुन्न भन्ने आशंका पूर्वाधारकै कारणले हो तर चालु आर्थिक वर्षमा सबै पूर्वाधारका लागि रकम विनियोजन भएर कार्यान्वयनमा आएको छ, अब कुनै द्विविधा मान्नु पर्ने अवस्थानै छैन ।’

साग खेलका सबै सहभागि राष्ट्रहरुलाई निमन्त्रणा समेत पठाइसकेको र सबैले आ–आफ्नो तयारीमा समेत जुटिसकेको हुनाले अब यसमा कुनै द्विविधा मानिनरहनु पर्ने अवस्थानै नरहेको धारणा अघि सार्दै मन्त्रि विश्वकर्माले भने–‘अब साग हुन्छ हुन्न भन्ने आशंका मनमा नराखिकन सिंगो देशको प्रतिष्ठा र गरिमा को विषय भएकाले भव्यता र व्यवस्थित रुपले सम्पन्न गर्दै अधिकतम रुपमा देशलाई सफल बनाउन आजको आवश्यकता हो ।’

पूर्ववती सरकारले साग पूर्वाधार निर्माणमा ढिलाईले गर्दा यति बेला चाप रहे पनि काठमाडौको दशरथ रंगशाला र सातदोबाटोमा सागका लक्षित अधिकांश पूर्वाधारहरु सम्पन्न भइसकेको जानकारी दिंदै पोखरामा समेत केही खेलहरु हुने भएकोले साग अघिनै ति निर्माण कार्यहरु सम्पन्न भइसक्ने बताए ।

पोखरा फुटबल स्टेडियमको काममा निर्माण कम्पनीलाई मोबिलाइजेशन रकम दिन ढिलाईका कारण एक महिना ढिलो गरि सक्ने गरि सम्झौता भएको बताउँदै मन्त्रि विश्वकर्माले निर्माण कम्पनीले र्कािर्तक १५ गते सम्म सक्ने गरि प्राकृतिक मैदाननै बनाउने गरि कुरा अगाडी बढको बताए । उनले साग महिला फुटबल पोखरामा नै हुने समेत प्रतिवद्धता जनाउँदै भने–‘निर्माण कम्पनीले काममा तल माथी पार्दिन भनेको छ पूर्व निर्धारित सबै खेल पोखरामा नै हुन्छन ।’
मन्त्रि विश्वकर्माले पोखरा रंगशालाको निरिक्षण समेत गरेका थिए । उनले विभिन्न पूर्वाधारहरुको निरिक्षण गर्दै साग अगावै सबै कामहरु सम्पन्न गर्न सबैले आ–आफ्नो ठाउँ बाट प्रयास गर्न आग्रह गरे । पोखराका लागि संरचनाका हिसावले १३ औं साग र नवौ राष्ट्रिय खेलकुद संग सम्वन्धित रहेकोले सबैको चासो रहनुपर्ने बताए । उनले साग तयारीका लागि समेत यथासिघ्र स्थानिय साग तयारी समिती गठन गर्ने जानकारी दिए ।
यर्सै बिच मन्त्रि विश्वकर्मालाई कास्की जिल्ला क्रिकेट संघका तर्फ बाट सञ्जयकान्त सिग्देलले नेपालको क्रिकेट बिवाद यथासिघ्र मिलाउन पहल गर्न र पोखरामा साग खेलकुद अन्तरगत महिला क्रिकेट खेल आयोजना गर्न एक ज्ञापनपत्र बुझाएका थिए ।
तस्बिरः सुदर्शन रंजित
