
पोखरा, ३ साउन । नेपाली खेलकुदको सर्वोच्च छाता संस्था राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत प्रशासन विभाग प्रमुखको जिम्मेवारी कुलबहादुर थापालाई शुक्रबार दिइएको छ ।
प्रशासन विभागका प्रमुख बासुदेव आचार्य बिहीबार उमेर हदका कारण अनिवार्य अवकास भएपछि उक्त पद रिक्त थियो ।
यसअघि थापा खेलकुद विकास विभागमा थिए । खेलकुद विकास विभागमा संघ संस्था समन्वय शाखाका प्रमुख डेमबहादुर बस्नेतलाई जिम्मेवारी दिइएको छ । बस्नेतको ठाँउमा ज्ञानेन्द्र श्रेष्ठ प्रमुख तोकिएका छन् । त्यस्तै मधुसुदन बस्नेत खेलकुद प्रतियोगिता तथा योजना विभागको प्रमुख बनेका छन् ।
