प्रथम रबिन्द्र स्मृती भलिबलको उपाधी वडा नं २१ ले जित्यो

पोखरा, ३१ असार । पोखरा महानगरपालिका वडा नं ५ को खेल मैदानमा सम्पन्न ‘प्रथम रबिन्द्र स्मृती वडास्तरिय भलिबल प्रतियोगिता’को उपाधी वडा नं २१ जितेको छ ।

मालेपाटन यूनाइटेड क्लबले आयोजना गरेको उक्त प्रतियोगितामा वडा नं २१ ले वडा नं ३३ लाई ३–० को सोझो सेटमा पराजित गर्दै कपका साथमा नगद ७० हजार र उपविजेता वडा नं ३३ ले नगद ४० हजार हात पार्न सफल रह्यो ।

सम्पन्न फाइनल खेलमा वडा नं २१ ले २५–१९ र दोश्रो सेट २५–२२ ले जिते पनि वडा नं ३३ ले तेश्रो सेटमा प्रतिष्पर्धात्मक रुपमा खेल्दै वडा नं २१ लाई उपाधी जित्न सकश पारेको थियो । तर अन्तिम सेट वडा नं २१ ले २८–२६ को अंकले जित्दै उपाधी उचाल्न सफल रह्यो ।

प्रतियोगतामा वडा नं २३ का सुन्दर भण्डारी उत्कृष्ट खेलाडी घोषित भए । त्यसै गरि वडा नं २३ का मनोज सुनार वेष्ट डिफेन्डर, वडा नं २१ का सरोज थापा वेष्ट स्पाइकर, वडा नं ३३ का सुदिप सुनार वेष्ट व्लकर, वडा नं २३ का खेलाडी बिक्रम भूजेल वेष्ट सर्भर घोषित भए र वडा नं २० अनुशासित टिम घोषित भयो । उनीहरु सबैले ट्रफी हात पारे ।

प्रतियोगितामा बिजेता खेलाडीलाई वडा नं ५ का अध्यक्ष एवम पोखरा महानगर पालिकाका प्रवक्ता धन बहादुर नेपाली लगाएतले नगद, कप, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

उक्त कार्यक्रममा स्व. रविन्द्र अधिकारीकी धर्मपत्नी एवम त्रिभुवन विश्वविद्यालयकी उपप्रध्यापक विद्या भट्टराईले यूवाहरुलाई स्व.अधिकारीले जहिले पनि प्रेरणा दिएको बताउँदै धारणा अघि सार्दै अब खेलकुद मार्फत समृद्धि हासिल गर्न यसलाई व्यवसायिक र सृजनात्मक रुपमा अगाडी बढाउने पर्ने बताइन ।

क्लबले पहिलो पटक स्व रबिन्द्रको स्मृतीमा आयोजना उक्त प्रतियोगितामा महानगरका दश वडाहरुको सहभागिता रहेको थियो । कार्यक्रम क्लबका अध्यक्ष प्रेम गुरुङको अध्यक्षतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close