
पोखरा, २९ असार । बेलायती सेना करिब १८ वर्षको जागिरे जिवन र २२ वर्ष बेलायतको ब्यवसायिक तथा सामाजिक जिवन पछि आफ्नो मातृभूमी नेपाल फर्के पछि मुछेत्र गुरुङले भने–‘जन्म थलो फर्कि आँए ।’

बेलायतमा रहेर नेपालीहरुको साझा संस्था गैर आवाशिय नेपाली संघ (एन.आर.एन) यूकेको अध्यक्ष, तमु धिं एशोसियसन यूके, सहरा यूकेको सल्लाहकार लगाएत अन्य दर्जनौ महत्वपूर्ण संस्थाहरुमा सफल नेतृत्व सम्हाली सकेका समाजेवी मुछेत्र गुरुङ श्रीमती लक्ष्मी गुरुङ सहित नेपाल फर्किएका हुन ।

सहारा क्लब पोखराले आयोजना गरेको स्वागत कार्यक्रममा क्लबका सल्लाहकार समेत रहेका मुछेत्रले छोटो भनाई राख्दै भने–‘अब देशमा नै बसेर केही गर्नु पर्छ, त्यही भएर कर्मथलो छोडेर आँए ।’ उनले भने–‘अब देशमा बसेर केही गर्न र अरुलाई पनि प्रेरणा दिन सायद म सफल हुनेछु’ उनले भने ।

अरुको कुरा बढी सुन्ने र आफू थोरै संधै हाँसेर तार्किक जवाफ फर्काउने मुछेत्र कास्कीको गिलुङमा जन्मिएका हुन । आफ्नो खेल जिवनमा उनी तेक्वान्दोका राम्रो खेलाडी समेत रहेका थिए । सहारा क्लब पोखराले सञ्चालन गरेको सहारा एकेडेमीको पूर्वाद्धार निर्माणमा समेत महत्वपूर्ण भूमिका खेलेका मुछेत्रलाई स्वदेश फर्केपछि सहारा क्लबले पोखरामा स्वागत गरेको हो ।

समाजसेवी मुछेत्रले पोखराको लेकसाइडमा सञ्चालन गरेको ब्लु म्यानेट होटल परिसरमा पुगेर क्लबका अध्यक्ष केशब बहादुर थापा, निवर्तमान अध्यक्ष बिरभद्र आचार्य, पूर्व अध्यक्ष बिक्रम थकाली, उपाध्यक्ष हरेराम गुरुङ (सुरज), महासचिब विश्वराज बराल लगाएत अन्य क्लबका सदस्यहरुले स्वागत गरेका थिए ।

समाजसेवी मुछेत्रलाई सहारा क्लबका अध्यक्ष थापाले आफ्नो कर्म थलो छोडेर जन्म थलो फर्केर आएकोमा क्लबको तर्फ बाट स्वागत गर्दै उदाहरणिय कार्य गरेको बताए ।

Pokharasports.com समाजसेवि मुछेत्रले भने-"आफ्नो गाउँ फर्की आए"
Posted by PokharaSports.com on Saturday, July 13, 2019
तस्बिर: सुदर्शन रंजित
