
पोखरा, ९ असार । भूतपूर्ब खेलाडी मंच नेपालको आयोजना तथा गण्डकी प्रदेश सरकारको सहयोगमा यहि असार १० र ११ गते हुने भनिएको प्रदेश स्तरिय ठेलो प्रतियोगिता प्राविधिक कारणले स्थगित गरिएको छ ।
पोखरामा केही दिन देखिको वर्षा र खेलका नियमहरुको बारेमा समेत नयाँ तरिकाले सोच्नु पर्ने अवस्था आएकोले केही पछि आयोजना गर्ने गरि हालको लागि स्थगित गरिएको मंचका महासचिब एवम प्रतियोगिताका संयोजक खेम बहादुर गुरुङले बताए ।
‘हामीले यो प्रतियोगिता अन्तर्राष्ट्रिय ओलोम्पिक दिवशका अबसरमा गर्ने गरि तयारी गरेका थियौं तर अहिलो यो सम्भब हुन सकेन’ संयोजक गुरुङले भने–‘हामी चाँडै नै तयारीका साथ नयाँ मिती घोषणा गर्ने छौं र परम्परागत खेललाई नयाँ तरिकाले माथी उठाउने छौं ।’
