नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा, आज झण्डा हस्तान्तरण गरिने

पोखरा, ११ बैशाख । घरेलु खेलकुदको सबैभन्दा वृहत खेलकुद, राष्ट्रिय खेलकुदको नवौं सस्करण गण्डकी प्रदेशको राजधानी पोखरामा हुने भएको छ ।

नेपालगञ्जमा आज आठौं राष्ट्रिय खेलकुदको समापनको कार्यक्रममा नवौं राष्ट्रिय खेलकुदको आयोजनाका लागि पश्चिमाञ्चल क्षेत्रिय अध्यक्ष सम्पन्न श्रेष्ठलाई झण्डा हस्तान्तरण गरिने राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले जानकारी दिएका छन ।

बुधबार दिउसो बस्ने राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकले अन्तिम टुँगो लगाउन बाकी रहे पनि नवौ राष्ट्रिय गण्डकी प्रदेशमानै गर्ने गरि सहमती भईसकेको सदस्य गुरुङले बताए । उनले भने–‘हामी आज साँझ उल्लासमय वाताबरणमा झण्डा अध्यक्ष श्रेष्ठलाई हस्तान्तरण गर्नेछौं ।’ उनले पोखरा पुगेर झण्डा प्रदेशका मुख्यमन्त्रि पृथ्बीशुब्बा गुरुङलाई भब्य समारोहमा हस्तान्तरण गर्ने बताएका छन ।

यता पश्चिमाञ्चल क्षेत्रिय अध्यक्ष श्रेष्ठले दुई वर्ष अघि त्यो झण्डा ग्रहण गर्ने अबसर बाट बञ्चित भए पनि यो पटक भने त्यो अबसर करिब जुटिससेको बताए । उनले हर्षित हुँदै भने–‘दुई वर्ष अघि हामीलाई दाँतमा ढुङा लागे जस्तो भएको थियो तर अब गण्डकी प्रदेशले त्यो अबसर पाएको छ, म सबैलाई आभार व्यक्त गर्न चाहन्छु ।’

पोखरामा दोश्रो राष्ट्रिय खेलकुद अन्तरगत २०४० सालमा राष्ट्रिय खेलकुद आयोजना भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close