खेलकुदको महाकुम्भ, आठौं राष्ट्रिय खेलकुद भब्यताका साथ सम्पन्न गर्न सदस्य सचिब विष्टको अपिल

पोखरा, ४ बैशाख । प्रदेश नं ५ मा जारी खेलकुदको महाकुम्भ आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता भब्यताका साथ सम्पन्न गर्न राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब केशब कुमार विष्टले सबै पक्षलाई आह्वान गरेका छन ।

निर्धारित २ वर्षको अबधीमा खेलकुद इतिहासमा नै पहिलो पटक हुन गइरहेको यो खेलकुदको विशेष पर्वमा कुनै पनि बन्द हडताल र खेलाडीलाई बाधा पुग्ने गरि कुनै पनि कार्यक्रम नगरिदिन सदस्य सचिब विष्टले अपिल गर्दै यदि कुनै त्यस्ता पूर्व निर्धारित कार्यक्रमहरु भएमा पनि त्यसलाई थाती राख्न उनले आग्रह गरेका छन ।

गत चैत २७ गते बाट शुरु भएको प्रतियोगितामा देश भरिका खेलाडीहरु प्रदेश ५ मा आउने क्रम जारी रहेको उल्लेख गर्दै सदस्य सचिब विष्टले ‘नेपालमै यसै बर्ष हुने दक्षिण एशियाली खेलकुद(साग)को छनोट प्रतियोगिताका रुपमा रहेको हुँदा हजारौं खेलाडीको खेल्न पाउने अधिकारलाई कहींकतैबाट अवरोध नगरिदिनहुन सबै पक्षसँग हार्दिक अपिल गर्दछौं’ उनले भनेका छन ।

सदस्य सचिब विष्टले अपिल मार्फत भनेकाछन–‘बृहत राष्ट्रिय खेलकुद सिंगो देश जोड्ने सुवर्ण अवसर मात्रै नभई पुर्व मेची देखि पश्चिम महाकाली, उत्तरका सेताम्मे हिमालदेखि समथर तराइका खेलाडीहरु सात प्रदेश, तीन विभागीय र एक एनआरएनए गरी ११ टिमबाट एकैपटक एकै थलोमा जमघट हुने एक महत्वपुर्ण मञ्च हो ।’

आठौं राष्ट्रिय खेलकुदलाई भव्य र सफल बनाउनु प्रमुख दायित्व सबै खेलप्रेमीको काँधमा आएको मात्रै नभई बिभिन्न जातजाति र धर्मप्रति आस्था राख्ने नेपालीलाई भावना साटासाट गर्ने, आपसी भाइचारा र मित्रता प्रगाढ बनाउने सुवर्ण अवसर पनि रहेको बताउँदै सदस्य सचिब विष्टल भनेका छन–‘खेलकुदले जात, धर्म, भाषा र सांस्कृतिक विभेद गर्दैन, तसर्थ यो देश र समाज जोड्ने सशक्त माध्यम हो ।’

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको यहि बैशाख ५ गते राष्ट्रपती विद्या देबी भण्डारीले एक भब्य समारोहका बिच नेपालगञ्जको मुख्य रंगशालामा गर्ने कार्यक्रम तय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close