अप्रिल ६ अन्तर्राष्ट्रिय खेलकुद दिवश, शान्ति र बिकासका लागि खेलकुद !

केशब पाठक,
पोखरा, २३ चैत । अप्रिल ६ अन्तर्राष्ट्रिय खेलकुद दिवश । संयूक्त राष्ट्र संघले सन २०१३ बाट खेलकुदका माध्यम बाट विश्वभर शान्ति र बिकासका लागि भन्दै तत्कालिन संयूक्त राष्ट्र संघका महासचिब वान कि मुनले यसलाई अगाडी बढाएका हुन ।

अप्रिल ६ तारिखका दिन विश्वभर आजको दिनलाई अन्तर्राष्ट्रिय खेलकुद दिवशका रुपमा मनाइने गरिन्छ । तर नेपालमा भने यसको कमै महत्व पाइन्छ । सन २०१४ बाट पोखरा र काठमाण्डौमा खेलकुद दिवशका रुपमा केही कार्यक्रम भने हुने गरेका छन । तर दिवश बारे खेलकुदको आधा आकाश ओगट्ने खेलाडीलाई भने यस बारे बेखबर जस्तै छन ।

विश्वका महान नेता नेलशन मण्डेलाले खेलकुद बारे यसरी व्याख्या गर्दै भनेकाछन– “Sport has the power to change the world,”  “It has the power to inspire. It has the power to unite people in a way that little else does. It speaks to youth in a language they understand.” सायद मण्डेला जस्तै नेताले खेलकुदलाई यसरी व्यख्या गरेको कारणले पनि खेलकुद दिवशको महत्व बढ्दै गएको छ ।

‘खेलकुदले कुनै पनि संस्कृतीको सिमानामा बाँधिएर बस्न पनि सक्दैन, न त यस्को देश हुन्छ, न कालो र गोरोनै हुन्छ’ नेपाल ओलोम्पिक कमिटीका सदस्य तेज गुरुङ भन्छन–‘खेलकुद अब मनोरंजनक मात्रै होइन यो देश बिकासको मुख्य साधन पनि हो ।’ खेलकुदले सबै देशका सिमाना पार गर्ने क्षमता राख्छ । बर्तमान अवस्थामा खेलकुद ‘स्पोर्ट्स साइन्स’को रुपमा समेत अघि बढिरहेको उनको भनाई छ ।

पोखरामा आज भन्दा ठिक ५ वर्ष अघि अर्थात सन २०१४ बाटै यो दिवशलाई मनाउन शुरु गरिएको हो । भूतपूर्व खेलाडी मंच नेपालले यसलाई निरन्तरता दिंदै आएका छन । सन २०१४ बाट पोखरामा मनाउन थालिएको यो दिवश यो पटक भने गण्डकी प्रदेश सामाजिक बिकास मन्त्रालयको आयोजनामा र मंचको व्यवस्थापनमा यहि चैत २८ गते अर्थात अप्रिल ११ मा पोखरामा एक वृहद छलफल कार्यक्रमको आयोजना गरेको छ ।

गण्डकी प्रदेशका मुख्य मन्त्रि पृथ्बी शुब्बा गुरुङको प्रमुख आतिथ्यतामा हुने उक्त कार्यक्रममा गण्डकी प्रदेश निती तथा योजना आयोगका उपाध्यक्ष डा. गिरिधारी शर्माले एक कार्यपत्र प्रस्तुत गर्ने छन । सम्भवत गण्डकी प्रदेश अन्तर्राष्ट्रिय खेलकुद दिवश मनाउने पहिलो प्रदेश पनि हुन सक्छ ।

विश्वमा बढ्दै गइरहेको यूद्धको खतरा देखि अन्य सामाजिक कुरितीका प्रभावलाई तोड्न पनि खेलकुदको महत्व वढ्दै गइरहेको विश्व मानचित्रले देखाएको छ । विशेष गरि कुलतमा फसेका यूवाहरुलाई सत्मार्ग तर्फ डोर्याउन पनि खेलकुदको अपरिहार्यता बढ्दै गएको छ भने विश्व पर्यटनमा आफ्नो छाप छोड्न पनि खेलकुदको सार्थकता बढ्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close