टुडिखेल मैदान संरक्षणका लागि उपभोक्ता समिती गठन, काम अघि बढ्ने

पोखरा, १२ चैत ।
पोखरा महानगरपालिका १ बगर स्थित ऐतिहासिक मैदान टुडीखेलको संरक्षणको काम अघि बढ्ने भएको छ ।

उक्त मैदान संरक्षणका लागि यूवा तथा खेलकुद मन्त्रि जगत बहादुर विश्वकर्मा सुनारले राष्ट्रिय खेलकुद परिषद मार्फत १५ लाख उपलव्ध गराएपछि संरक्षणको काम अघि बढ्ने भएको हो ।

मैदान संरक्षणका लागि मंगलबार सम्पन्न एक भेलाले बगर भाई खलकका अध्यक्ष एवम समाजसेबी दिल बहादुर गुरुङको अध्यक्षतामा ९ सदस्यिय उपभोक्ता समिती गठन गरेको छ । समितीको उपाध्यक्षमा सिता गुरुङ, सचिबमा जनकल्याण पराजुली, कोषाध्यक्षमा रमेश श्रेष्ठ र सदस्यहरुमा पुरोषत्तम श्रेष्ठ, चन्द्र बहादुर गुरुङ, राधा बराल अधिकारी, भानु अधिकारी र ईश्वर चन्द्र गुरुङ रहेका छन ।

समितीको सल्लाहाकारमा तेज गुरुङ, दिनेश कुमार श्रेष्ठ, आनन्द रंजित, सुनिल श्रेष्ठ र विष्णु अधिकारी रहेका छन ।
नेपाल राष्ट्रिय माबीको सरक्षणमा रहेको टुडीखेल मैदान भने लामो समय देखि संरक्षणको पर्खाईमा थियो । ‘अहिले हामीले मैदानको चौतर्फी तार जाली हालेर संरक्षण गर्ने सोच त बनाएका छौं तर १५ लाखले पुग्दैन’ गठित उपभोक्ता समितीका अध्यक्ष गुरुङले भने–‘हामी भूतपूर्व विद्यार्थीहरु र देश विदेशमा रहेका संघ संस्थालाई गुर्हाने पक्षमा छौं ।’

अतिक्रमणको चपेटामा समेत परेको टुँडीखेल मैदानका लागि प्राप्त १५ लाख ‘सिड मनी’को रुपमा राखेर अघि नबढ्ने हो भने भने जस्तै गरि काम सम्पन्न गर्न नसकिने अध्यक्ष गुरुङले बताए । ‘हामी स्थानिए सरकार र प्रदेश सरकारलाई पनि गुर्हाने छौं’ उनले भने–‘अब टुँडीखेल संरक्षण गर्ने दायित्व सबै देश विदेशमा रहेका खेलप्रेमी र टुँडीखेल मैदानको सामजिक महत्व बुझ्नेहरुको काँधमा आएको छ ।’

हाल टुँडीखेल मैदानमा सेभेन ए साइड र बगर भाई खलकको एट ए साइड प्रतियोगिता लगाएत अन्य प्रतियोगिताहरु हुँदै आएका छन । तर यो मैदान कुनै बेला फुटबल प्रतियोगिता गर्ने क्षमताको आकारमा थियो । बढ्दो जनसंख्या संगै यो पनि अतिक्रमित हुँदै गयो भने दशैंमा च्याङग्रा बिक्री केन्द्रका रुपमा स्थापित रहेको छ ।

टुँडीखेलमा केही सामाजिक संस्थाका कार्यालयहरु र प्रहरी चौकी समेतको स्थापनापछि यसको आकार घटेको हो । ‘भावी सन्ततीका लागि पनि टुँडीखेल मैदान संरक्षण गर्न सबैले हातेमालो गर्दै अघि बढ्नु पर्ने’ बगर निवासी तेज गुरुङ जोड दिन्छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close