राष्ट्रिय स्नुकर च्याम्पियनसिपमा नितेशको सफल सुरुआत

पोखरा, २९ फागुन । काभ्रेका नितेश राजभण्डारीले प्रथम साकुरा राष्ट्रिय स्नुकर च्याम्पियनसिपमा बुधबार विजयी सुरुआत गरेका छन् । नितेशले काठमाडौंका प्रशान्त वज्राचार्यलाई ३–२ फ्रेममा पराजित गरे ।

जमलमा भइरहेको प्रतियोगितामा काठमाडौंका सुमेश लामाले काठमाडौंकै विकी खड्गीलाई ३–०, पोखराका नवीन राणाले नारायणीका सञ्जय गुरुङ, ललितपुरका रविन्द्र विष्टले काठमाडौंका सन्जिव लामालाई ३–१, महोत्तरीका विनोद श्रेष्ठले काठमाडौंका निश्चल केसीलाई ३–०, काठमाडौंका उदिप शाक्यले काठमाडौंका निरजमान सैंजुलाई ३–० ले बिजयी हासिल गरे ।

यसै गरि काठमाडौंका आशिष गौतमले काभ्रेका जितेन लामालाई ३–१, काठमाडौंका जय महर्जनले काठमाडौंका सुशील थापालाई ३–२, काठमाडौंका रेन्जेन लामाले काठमाडौंका दीपेन खड्गीलाई ३–१, काठमाडौंका निर्भिक लामाले काठमाडौंका अनिल गिरीलाई ३–०, काठमाडौंका तेन्जेन लामाले इलामका आकाश श्रेष्ठलाई ३–१, काठमाडौंका सागर चित्रकारले काठमाडौंका आशिष बराललाई ३–२, ललितपुरका सफिर राजकर्णिकारले काठमाडौंका राम महर्जनलाई ३–१ ले हराए ।

त्यस्तै काठमाडौंका विनयसिंह ठकुरीले नवलपरासीका खेमराज गुरुङलाई ३–१, काभ्रेका किरण लामाले रामेछापका मेघलाल तामाङलाई ३–१, काभ्रेका वान्छेन छापले विराटनगरका अनुप सिंहलाई ३–०, काठमाडौंका दोर्जे शेर्पाले काठमाडौंका विकेनबहादुर रिजाललाई ३–० र काठमाडौंका सूर्यबहादुरले काठमाडौंका प्रकट महर्जनलाई ३–१ ले पाखा लगाए ।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच उद्घाटन गरे । चैत ८ गतेसम्म चल्ने प्रतियोगितामा १ सय २८ खेलाडीको सहभागिता रहेको नेपाल बिलियर्ड, पुल तथा स्नुकर संघका अध्यक्ष सरोजकुमार मुल्मीले जनाएका छन् । विजेताले १ लाख १० हजार र उपविजेताले ४० हजार नगद पुरस्कार पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close