आयोजक वेगनास संगै सैनिक, मेरो नेपाल र फोर टु फाईभ सेमिफाइनल प्रवेश

पोखरा, १७ फागुन ।
वेगनास ताल किनारमा जारी प्रथम सेभेन ए साईड वेगनास कपमा क्वाटरफाईनल समीकरण पूरा भएको छ ।

शुक्रवार भएको पहिलो क्वाटर फाईनल खेलमा सैनिक ‘ए’ ले मिलनटोल माथी ४–१ को शानदार जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको छ । प्रतियोगिताको पहिलो हाफमा एक गोलले पछाडी रहेको मिलनटोलले पाएको फृ किकको सदुपयोग गर्दै अर्जुन गुरुङले गोल गरेर वरावर वनाएका थिए। त्यसको केही मिनेटमै पुनः सैनिक ‘ए’ ले लगातार ३ गोल थप्दा मिलनटोल स्तब्ध वनेको थियो ।

त्यस्तै पचभैया सि विरुद्ध मैदान उत्रेको मेरो नेपाल युथ क्लव विचको खेल निर्धारित र अतिरिक्त समयमा गोल हुन नसके पछि टाईब्रेकरमा पुगेको थियो । जसमा मेरो नेपालले ४–३ को जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको हो ।

फोर टु फाईभका विरुद्ध मैदान उत्रेको नयाँ गाउँ पनि क्वाटर फाईनलमा शुन्यका विरुद्ध २ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । सुशान्त गुरुङले डि एरिया वाट गरेको प्रहार गोलमा परिणत वनेको थियो । त्यस्तै विजय श्रेष्ठले अर्को एक गोल थप्दै गोल अन्तरलाई दोब्बर वनाएका थिए ।

प्रतियोगिताको अर्को खेलमा आयोजक वेगनास युवा क्लव ‘ए’ ले नेपाल मुस्लिम एफ सि लाई टाईब्रेकरमा ३–२ ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । नेपाल मुस्लिमका मनिश क्षेत्रीले अभिनास तामाङको पासमा पहिलो गोल गर्दै खाता खोलेका थिए । त्यस्तै बिमल मगरले पुन अर्को गोल गर्दै गोल अन्तर दोव्वर वनाए । दवावमा रहेको आयोजक टोली घरेलु मैदानमा दर्शकको वाक्लो साथ पाएर दोश्रो हाफको केही मिनेटमा खेलाडी प्रदिप गुरुङले पहिलो गोल गरे । त्यसको केही मिनेटमै आयोजक टोलिको तर्फ वाट विनोद गुरुङले अर्को गोल गर्दै अन्तर वरावर वनाएका थिए । निर्धारित र अतिरिक्त समयमा स्पष्ट नतिजा नआउदा खेल टाई ब्रेकरमा धकेलिएको थियो ।

प्रतियोगितामा सैनिकका गोल रक्षक रोमन थापा मगर, मेरो नेपालका रामचन्द्र नेपाली, फोर टु फाईभका विजय श्रेष्ठ र बेगनासका गोल रक्षक पस वहादुर गुरुङ म्यान अफ द म्याच घोषित भएका थिए ।

शनिबार हुने पहिलो सेमिफाइनलमा आयोजक वेगनास ‘ए’ ले सैनिक ‘ए’ को सामना गर्नेछ भने मेरो नेपालले फोर टु फाईभको सामना गर्ने प्रतियोगिता संयोजक सुरेन्द्र पुनले जानकारी दिएका छन् । यस क्षेत्रकै सर्वाधिक पुरस्कार राशी रहेको खेलमा दर्शकको उत्तिकै साथ र सहभागीता रहेको क्लबका अध्यक्ष राम वहादुर रानाभाटले वताएका छन ।

प्रतियोगिताको विजेताले रु १ लाख ५ हजार ५ सय पचपन्न सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै उपविजेताले रु ५५ हजार ५ सय पचपन्न सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ भने तेश्रो पुरस्कारमा रु १५ हजार ५ सय पचपन्न सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीले रु ८ हजार उच्च गोलकर्ता, उत्कृष्ट प्लेमेकर, उत्कृष्ट डिफेन्स र उत्कृष्ट गोल रक्षकले जनही ५ हजार नगद प्राप्त गर्नेछन । अनुशासित टिमले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close