एपीएफ बाहिरिदा आर्मी पीएम कपको फाइनलमा

पोखरा स्पोर्ट्स । जारी पीएम कपमा एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् । सोमबार सम्पन्न खेलमा एपीएफ क्लबले मधेश प्रदेशलाई ७४ रनले पराजित गरेको हो ।

एपीएफले दिएको ३९१ रनको लक्ष्य पछाएको मधेश प्रदेशले ५० ओभरमा ८ विकेट गुमाउदै ३१६ रन बनाएको थियो ।  मधेशका लागि मोहमद आदील आलमले ८७ र अरनिको यादवले ८६ रन बनाएका थिए । त्यस्तै एपीएफका बलर अभिषेक गौतमले ३ र कमल सिंह ऐरीले २ विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको एपीएफले ५० ओभरमा ५ विकेट गुमाएर ३९० रन बनाएको थियो । एपीएफका लागि आसिफ सेखले दोहोरो शतक बनाउदै २०८ रन बनाएका थिए भने सन्दीप जोराले ५६ र कप्तान रोहित पौडेलले ५५ रन बनाएका थिए ।

मधेश प्रदेसविरुद्ध असिफले १४२ बलमा १५ चौका र १७ छक्का प्रहार गर्दै २०८ रन बनाएर रिटायर्ड हर्ट भएका थिए । यो घरेलु राष्ट्रिय प्रतियोगितामा बनेको पहिलो दोहोरो शतक हो । यससँगै आसिफ घरेलु प्रतियोगितामा दोहोरो शतक बनाउने पहिलो खेलाडी बनेका छन् । आसिफको जारी पीएम कपमा दोस्रो शतक हो ।  यसअघि उनले बागमतीविरुद्ध ११४ रनको शतकीय पारी खेलेका थिए ।

यो जितपछि एपीएफको ९ खेलमा ११ अंक भएको छ र तेस्रो स्थानमा रहेको छ । योसंगै एपीएफ फाइनलको दौडबाट बाहिरिएको छ । एपीएफ अर्को बर्ष हुने जय ट्रफीका लागि भने छनौट भएको छ ।  त्यस्तै मधेश प्रदेशको ८ खेलमा ९ अंक रहेको छ र हाल पाँचौं स्थानमा रहेको छ ।

त्यस्तै आज सम्पन्न अर्को खेलमा त्रिभुवन आर्मी क्लबले कोशी प्रदेसलाई १८५ रन अन्तरले पराजित गरेको छ ।  आर्मीले दिएको ३६३ रनको लक्ष्य पछाएको कोशीले ३६ ओभरमा अल आउट हुदै १७७ रन बनाएको थियो । 

यस अघि आर्मीले कप्तान विनोद भण्डारीको १८९ रनको शतकीय पारी र भीम सार्कीको ८० रनको सहयोगमा ५० ओभरमा ८ विकेट गुमाउदै ३६२ रन बनाएको थियो । 

यो जितपछि आर्मीको ८ खेलमा १५ अंक भएको छ र हाल शिर्ष स्थानमा पुगेको छ ।  आर्मी पीएम कपको फाइनल खेल्ने निश्चित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close