पीएम कपमा आज दुई खेल, कोशी र गण्डकी भिड़ने

पोखरा स्पोर्ट्स । प्रधानमन्त्री कप (पीएम कप) अन्तर्गत आज दुई खेल हुदैछन् । आज पीएम कपमा एपीएफ र कर्णाली प्रदेशबीच जनकपुरमा खेल हुदैछ । 

जारी पीएम कपमा एपीएफले ५ खेलमा केवल एक खेल जितेको छ भने ३ खेलमा हार बेहोरेको छ । त्यस्तै एक खेल रद्ध हुदा कुल तीन अंक हासिल गर्दै सातौं स्थानमा रहेको छ । त्यसैगरी कर्णाली प्रदेशको पनि ५ खेलमा ३ अंक नै रहेको छ र आठौँ स्थानमा रहेको छ ।

त्यस्तै आज अर्को खेल कोशी प्रदेश र गण्डकी प्रदेशबीच पर्सामा खेल हुदैछ । जारी पीएम कपमा कोशी प्रदेशले ५ खेलमा ४ खेलमा हार बेहोरेको छ भने एक खेल रद्ध भएको छ । त्यस्तै गण्डकी प्रदेश ५ खेलमा ३ अंकसहित नवौं स्थानमा छ ।

एकदिवसीय फर्म्याटमा खेलिने दुवै खेल बिहान ९ बजेदेखि शुरु हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

प्रतियोगितामा सातै प्रदेशका टिमसहित तीन विभागीय टिम गरी कुल १० टिमको सहभागिता रहेको छ । जसमा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका टिम रहेका छन् । 

‘सिंगल राउन्ड रोबिन’ प्रणालीको आधारमा हुने यो प्रतियोगिताका दुई शीर्ष टिमले फाइनलको निम्ति प्रतिस्पर्धा गरिरहेका छन् । पीएम कप अहिलेसम्म विभागीय टिमले मात्र जितेका छन् । नेपाल पुलिस क्लबले सबै भन्दा धेरै ४ पटक जितेको छ भने त्रिभुवन आर्मी र एपीएफ क्लबले २-२ पटक जितेका छन् । पीएम कपको डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब रहेको छ । 

एकदिवसीय फर्म्याटमा हुने पीएम कपको विजेताले १० लाख रुपैयाँ नगद पुरस्कार पाउने छ भने उपविजेताले ५ लाख पाउने क्यानले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close