दोस्रो पोखरा एथलेटिक्स मिटमा ‘रेडबुल’सहित विभिन्न संस्थाको सहयोग

पोखरा स्पोर्ट्स । ‘दोस्रो पोखरा ओपन एथलेटिक्स मिट’मा ‘रेडबुल’ले इनर्जी पार्टनर पावर्डबाईको रुपमा सहकार्य गर्ने भएको छ ।

कास्की जिल्ला एथलेटिक्स संघको आयोजनामाआगामी चैत्र २८ गतेदेखि ३० गतेसम्म आयोजना हुने भएको हो । पोखरा रंगशालामा सञ्चालन हुने सो प्रतियोगिताको तयारी सुरू गरिएको आयोजकले जनाएको छ ।

संघका सचिव सिद्धान्त अधिकारीका अनुसार प्रतियोगितालाई न्युट्रिशियन पार्टनरको रुपमा सुजल डेरीको उत्पादन सफल दुध, एशोसियट पार्टनरमा योर्स ट्रेनिङ सेन्टर र कफि डे हिमालय लेकसाइड रहेका छन् । त्यस्तै, बैकिङ पार्टनरको रुपमा गिन डेभलपमेन्ट बैंक र हाइड्रेशन पार्टनरका रुपमा सोल्टी वाटर तथा मेडीसिटी हस्पिटल–हस्पिटल पार्टनरका रुपमा सहकार्य गर्ने भएको छ ।

प्रतियोगितामा देशकै उत्कृष्ट करिब ३ सय खेलाडीको सहभागिता रहने अपेक्षा गरिएको छ भने हाल सम्म एक सय भन्दा बढि खेलाडीले आफ्नो नाम दर्ता गरिसकेको कास्की एथलेटिक्स संघका अध्यक्ष गज बहादुर गुरूङले पोखरा स्पोर्ट्सलाई जानकारी दिएका छन् । प्रतियोगितामा तीन विभागीय टोली तथा सातै प्रदेशका विभिन्न जिल्लाका खेलाडीहरू सहभागी हुने छन् ।

प्रतियोगितामा ट्र्याक तथा फिल्ड दुवै इभेन्टमा प्रतिस्पर्धा हुनेछ । ट्र्याकतर्फ १००, २००, ४००, ८००, १५००, ३००० र ५००० मिटर दौड महिला तथा पुरुष दुवै विधामा आयोजना गरिनेछ । यसका साथै ४×१०० मिटर मिक्स रिले दौड पनि समावेश गरिएको छ ।

फिल्डतर्फ हाई जम्प, लङ जम्प, ट्रिपल जम्प, साथै सटपुट, ज्याभलिन थ्रो र डिस्कस थ्रोका इभेन्टहरू सञ्चालन हुनेछन् । मिक्स रिले र ३ हजार मिटर यो वर्ष नयाँ थप गरिएको छ भने पोखरामा छरिएर रहेका विभिन्न प्रशिक्षण केन्द्रहरुलाई लक्षित गर्दै ८०० मिटरको दौड समावेश गरिएको छ ।

प्रत्येक इभेन्टमा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने खेलाडीलाई क्रमशः रु ५ हजार, रु ३ हजार र रु २ हजार नगद पुरस्कारका साथै मेडल र प्रमाणपत्र प्रदान गरिने छ । संघका कोषाध्यक्ष गोप बहादुर अधिकारीका अनुसार प्रतियोगिता सञ्चालनका लागि करिब २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

पोखरामा आयोजना हुन लागेको यो ओपन एथलेटिक्स मिट क्षेत्रीय स्तरमा एथलेटिक्स विकासका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ । करिब ३ सय खेलाडीको सहभागिताले प्रतियोगिताको प्रतिस्पर्धाले एथलेटिक्स प्रतिस्पर्धाको पर्खाइमा रहेका खेलाडीहरुलाई अवसर प्रदान गर्ने सचिव अधिकारीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close