
पोखरा स्पोर्ट्स । कास्की शारीरिक सुगठन संघको नेतृत्व चयन भएको छ । संघको हालै सम्पन्न भेलाले अध्यक्षमा लेख बहादुर गुरूङलाई सर्वसम्मत रूपमा चयन गरेको छ । त्यसैगरी उपाध्यक्षमा दिपक विश्वकर्मा, सचिवमा निरज तिवारी र कोषाध्यक्षमा ध्रुव सुनार चयन भएका छन् ।
कार्यसमिति सदस्यमा राजकुमार केसी, एलिशा गिरी, शैलेन्द्र माझी, सिमा गुरूङ, शुरिस लामा, रामचन्द्र क्षेत्री र राजकुमार श्रेष्ठ सर्वसम्मत रूपमा मनोनित भएका छन् ।
यसैबीच, संघको बैठकले नुना गुरूङलाई संघको संरक्षकमा मनोनयन गरेको छ। उनी बुल्समेन क्लबका अध्यक्ष समेत हुन् । पोखरामा लामो समयदेखि शारीरिक सुगठन खेलको विकासमा खेलिरहेको अग्रणी भूमिकालाई मध्यनजर गर्दै संरक्षकमा मनोनयन गरिएको संघले जनाएको छ ।
कास्की शारीरिक सुगठन संघले जेठको अन्तिम सातामा पोखरामै कास्की जिल्ला स्तरीय शारीरिक सुगठन प्रतियोगिता आयोजना गर्ने तयारी गरेको छ। यो प्रतियोगिता कास्कीमा लामो समयदेखि स्थगित अवस्थामा रहेको थियो ।