एरेना नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त

पोखरा स्पोर्ट्स । अखिल नेपाल फुटबल संघ (एन्फा)ले गुलिएल्मो एरेना लाई नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको मुख्य प्रशिक्षकको रूपमा नियुक्त गरेको छ ।

एन्फाका महासचिव किरण राईले एरेनालाई नियुक्ति पत्र एन्फा मुख्यालयमा हस्तान्तरण गरेका हुन् ।

स्वीस प्रशिक्षक ५२ वर्षिय एरेनाको पहिलो जिम्मेवारी नेपालले यही मार्च २६ मा दशरथ रंगशालामा हङकङ चीनविरुद्ध खेल्ने खेल रहनेछ ।

यसअघि विभिन्न अन्तर्राष्ट्रिय क्लब र टोलीको प्रशिक्षण सम्हालेको अनुभव रहेको एरेनाको नियुक्ति एक महत्वपूर्ण मोडको रुपमा लिइएको छ । अनुभव र रणनीतिक अनुशासनमा दक्ष एरेनाले सीमित समयमा हङकङको सुदृढ टोलीसँग सामना गर्नु पर्ने चुनौती छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close