गण्डकी प्रदेशस्तरिय पुरुष ह्याण्डबल असार ८ गते

पोखरा स्पोर्टस । गण्डकी प्रदेशस्तरिय पुरुष ह्याण्डबल असार ८ र ९ गते पोखरामा हुने भएको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा कास्की जिल्ला ह्याण्डबल संघको व्यवस्थापनमा उक्त प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा पाँच जिल्लाको सहभागिता हुने कास्की ह्याण्डबलका कार्यबाहक अध्यक्ष चित्र थापाले पोखरा स्पोर्टसलाई जानकारी दिएका छन् । प्रतियोगितामा कास्की, स्याङजा, मुस्ताङ, नवलपुर र बागलुङ जिल्लाको सहभागिता हुने छ । मुस्ताङको ह्याण्डबलमा यो पहिलो सहभागिता हो ।

प्रतियोगितामा उपाधि विजेता टोलीले नगद २५ हजार र उपविजेता टिमले नगद १५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । साथै प्रतियोगितामा सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकलाई जनही नगद ५ हजारका साथमा ट्रफीका साथमा प्रमाणपत्र वितरण गरिने छ ।

प्रतियोगिता सम्पन्न गर्न कास्की ह्याण्डबलकी उपाध्यक्ष पुष्पा श्रेष्ठको संयोजकत्वमा एक समिति गठन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close