राखेपको बोर्ड बैठक बस्दै, जेन्जी शहिद स्मृति पार्क निर्माणसहित बजेटका विषयमा छलफल हुने

पोखरा स्पोर्ट्स । नेपाली खेलकुदको सर्वोच्च निकायको रुपमा स्थापित राष्ट्रिय खेलकुद परिषद (राखेप)को बोर्ड बैठक बस्ने भएको छ ।

राखेपको १२४ औं बोर्ड बैठक यहि पुष ९ गते राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा १० को उपदफा २ र ३ बमोजिम राखेपका अध्यक्ष एवं युवा तथा खेलकुद मन्त्रीबब्लु गुप्ताको अध्यक्षतामा बस्ने भएको हो । 

सो बैठकमा सहिद स्मृति पार्क र जेन्जी शहिद अडोटोरियम हलको नामाकरणसहित ६ वटा एजेण्डामा छलफल हुने जनाइएको छ ।

बैठकले राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका २०८१ मा तेस्रो संसोधनसहित परिमार्जन गर्ने छ भने परिषदलाई आर्थिक वर्ष २०८२/०८३ को बार्षिक योजना, कार्यक्रम तथा बजेट सम्वन्धमा समेत छलफल हुनेछ ।

त्यसै गरी परिषदको आन्तरिक आय व्यय, दैनिक कार्य सञ्चालन विधि तथा स्पोर्ट्स मेडिसिन एण्ड रिसर्च सेन्टर कार्यदलको अनुमोदन समेत बैठकले गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close