राष्ट्रिय हक्कीमा गण्डकीको प्रभावशाली प्रदर्शन, दोहारो जित

पोखरा स्पोर्ट्स । गण्डकी प्रदेशले दोस्रो राष्ट्रिय हक्की प्रतियोगितामा प्रभावशाली प्रदर्शन गर्दै पुरुष र महिला दुवै समूहमा जित हात पारेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सम्पन्न खेलमा महिलातर्फ गण्डकीले बागमती प्रदेशलाई ४–० गोलले पराजित गर्‍यो । गण्डकीकी अंकिता अधिकारी ‘प्लेयर अफ द म्याच’ घोषित भइन् । उनले दुई गोल गरिन् भने गीता पुन मगर र सीतामाया बलले समान एक–एक गोल थपे ।

नेपाल हक्की संघको आयोजनामा भइरहेको प्रतियोगिताको पुरुषतर्फ गण्डकीले कोशी प्रदेशलाई २–० ले हरायो । खेलका ‘प्लेयर अफ द म्याच’ अशिम बहिक बने, जसले दुवै गोल गरे ।

महिलातर्फकै अर्को खेलमा मधेश प्रदेशले कोशी प्रदेशलाई १–० गोलले पराजित गर्‍यो । प्रीति दासले निर्णायक गोल गर्दै टोलीलाई जित दिलाइन् । लक्ष्मनीयाकुमारी दास ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।

प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता ले गरेका हुन् ।

पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी रहेका छन् । दुवै समूहमा शीर्ष तीन स्थान हासिल गर्ने टोलीले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने नेपाल हक्की संघकी अध्यक्ष सुवर्ण श्रेष्ठले जानकारी दिएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close