
पोखरा स्पोर्ट्स । जारी टी-२० विश्वकप अन्तर्गत नेपाल र वेस्ट इन्डिजबीचको खेल जारी रहेको छ ।
टस हारेर पहिला ब्याटिंग गरेको नेपालले खराब शुरुवात गरेको छ ।
नेपालले १२.२ ओभरको खेल सकिदा ५ विकेट गुमाएर ५५ रन बनाएको छ ।
नेपालका कुशल भुर्तेल १, आसिफ सेख ११, कप्तान रोहित पौडेल ५ र आरिफ सेख २ रन बनाएर आउट भएका छन् ।
