
पोखरा स्पोर्ट्स । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आज नेपाल र वेस्ट इण्डिज आमने सामने हुदै छन् ।
समुह सी अन्तर्गतको यो खेल भारतको वानखेडे स्टेडियममा बिहान ११; १५ बजेदेखि शुरु हुदैछ । नेपालले यसअघिका आफ्ना दुवै खेल जितेकाले यो खेलमा जित महत्वपूर्ण रहेको छ । त्यस्तै वेस्ट इण्डिजले यसअघिका आफ्ना दुवै खेल जितेर विश्वकपमा शानदार शुरुवात गरेको छ ।
नेपालले सन् २०१४ को टी-२० विश्वकपमा हङकङ र अफगानिस्तानलाई पराजित गर्दै दुई जित निकालेको थियो । त्यसयता विश्वकपमा नेपालले जित हासिल गर्न सकेको छैन र नेपाले यस विश्वकपमा पहिलो जितको खोजीमा रहेको छ ।
गत फेब्रुअरी ८ मा इङल्याण्डविरुद्ध शानदार प्रदर्शन गरेको नेपालले इटालीविरुद्ध खराब प्रदर्शन गरेपछि दबाबमा रहेको छ ।
नेपालका लागि ओपनर कुशल भुर्तेल मध्यक्रममा कप्तान रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी र आरिफ शेख टोलीका मुख्य आधार हुन् र उनीहरुको प्रदर्शन आज महत्वपूर्ण हुने छ । त्यस्तै सन्दीप लामिछानेबाट अनुशासित र खेल जिताउने बलिङ स्पेलको अपेक्षा सबैको हुने छ ।
केहि महिना अघि युएईको शारजहाँमा सम्पन्न टी-२० सिरिजमा नेपालले वेस्ट इण्डिजलाई २-१ ले पराजित गरेको कारणले नेपाललाई मनोवैज्ञानिक रुपमा यस खेलमा फाइदा हुन सक्छ । तर वेस्ट इण्डिज धेरै प्रोफेसनल क्रिकेट खेल्ने हुनाले उनीहरु विगतको हार र खराब प्रदर्शनबाट प्रभावित नहुने सजिलै अनुमान गर्न सकिन्छ । नेपालका लागि वेस्ट इण्डिजलाई रोक्न इङल्याण्डविरुद्धको जस्तो उत्कृष्ट क्रिकेट खेल्नै पर्ने देखिन्छ ।
नेपालको सम्भावित प्लेइङ- ११ मा रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी, आरिफ सेख, लोकेश बम, बसिर अहमद, सोमपाल कामी, सन्दीप लामिछाने, नन्दन यादव र शेर मल्ल ।
वेस्ट इण्डिजको सम्भावित प्लेइङ ११ मा शाइ होप (कप्तान), ब्राण्डन किङ, शिमरोन हिटमायर, रोस्टन चेज, शेरफान रुथरफोर्ड, रोभमन पावेल, जासन होल्डर, रोमारियो शेफर्ड, अकील हुसैन, गुडाकेश मोती र शामर जोसेप ।
