
पोखरा स्पोर्ट्स । दक्षिण अफ्रिकाले जारी टी-२० विश्वकपमा लगातार तेस्रो जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा दक्षिण अफ्रिकाले न्यूजील्याण्डलाई ७ विकेटले पराजित गरेको हो ।
न्यूजील्याण्डले दिएको १७६ रनको लक्ष्य पछाएको दक्षिण अफ्रीकाले १७.१ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । दक्षिण अफ्रिकाको जितमा कप्तान एडीन मार्क्रामले अविजित ८६ रन बनाएका थिए ।
त्यस्तै यस अघि पहिला ब्याटिंग गरेको न्यूजील्याण्डले २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनाएको थियो ।
यो जितपछि समुह डी मा लगातार तीन खेलमा जित हासिल गर्दै ६ अंक हासिल गरेर सुपर आठमा पुग्ने निश्चित भएको छ । त्यस्तै न्यूजील्याण्डको ३ खेलमा ४ अंक रहेको छ र समुहमा दोस्रो स्थानमा रहेको छ ।
अब दक्षिण अफ्रिकाले आफ्नो समुह चरणको अन्तिम खेलमा बुधबार युएईसँग खेल्ने छ भने न्यूजील्याण्डले मंगलबार क्यानडाको सामना गर्ने छ ।
