
पोखरा स्पोर्ट्स । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा हुने यू–१४ राष्ट्रिय फुटबलमा छनौट हुन कास्कीको शिसु कल्याण माविमा अध्ययनरत खेलाडीहरुलाई आज एक कार्यक्रमका बीच बिदाई गरिएको छ ।

सहारा क्लब पोखराले पोखरा रंगशालामा आयोजित एक कार्यक्रमका बीच उनीहरुलाई बिदाई गरेको हो । आहा! रारा पोखरा गोल्डकपको मुख्य प्रायोजक संस्था हिम श्री फुड्सका निर्देशक प्रकाश केसीलगायतले खेलाडीहरुलाई बिदाई गरेका थिए । पोखरा ३२ स्थित शिसु कल्याण माविमा अध्ययनरन विद्यार्थीहरु मध्ये सहारा एकेडेमीमा आश्रित कठिन परिस्थितीका बालकहरु समेत रहेका छन् ।
प्रतियोगिताका लागि शिशु कल्याण मावि र छात्रातर्फ फलेनी मावि लमजुङ छनौट हुन सफल भएका छन् । गण्डकी प्रदेश फुटबल संघको आयोजनामा हालै सम्पन्न प्रतियोगितामा उनीहरु बिजेता बनेका थिए । त्यस्तै उपविजेता बनेका छात्रतर्फ भानुदय मावि र त्रिभुवन शान्ति मावि समेत छनौट हुन सफल रहे ।
सो प्रतियोगिता काठमाण्डौमा हुने तय भए पनि एन्फाले अझै तय भने गरिसकेको भने छैन ।
