रोनिश चम्किदा, एपीएफ पराजित-मनाङ मर्स्याङदी क्वाटरफाइनलमा

पोखरा स्पोर्ट्स । २५औं आहा रारा पोखरा गोल्डकप अन्तर्गत पोखरा रंगशालामा सम्पन्न तेस्रो दिनको प्रि–क्वार्टरफाइनल खेलमा मनाङ मर्स्याङदी क्लब (एमएमसी) ले सशस्त्र प्रहरी बल (एपीएफ) क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ।

खेलको ११औं मिनेटमा एपीएफका युवराज राईले सुरुवाती गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले पछि परेको मनाङले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्‍यो ।

५७औं मिनेटमा रोनिश ढेके राजबहाकले बराबरी गोल फर्काउँदै खेललाई १–१ को स्थितिमा ल्याए । त्यसको ठीक ९ मिनेटपछि, ६६औं मिनेटमा सुरेश कुमालले निर्णायक गोल गर्दै मनाङलाई २–१ को महत्वपूर्ण जित दिलाए ।

खेलभर प्रभावशाली प्रदर्शन गरेका मनाङका रोनिश ढेके राजबहाक ‘प्लेयर अफ द म्याच’ घोषित भए ।

यस जितसँगै मनाङ मर्स्याङदी क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ भने एपीएफको यात्रा प्रि–क्वार्टरमै टुंगिएको छ ।

भोलीको खेल प्लानिङ व्वाइज युथ क्लब र फ्रेन्डस क्लबका बीच हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close