श्रीलंकाको विश्वकपमा लगातार दोस्रो जित, ओमान १०५ रनले पराजित

पोखरा स्पोर्ट्स ।  श्रीलंकाले ओमानलाई १०५ रनको फार्किलो अन्तरले पराजित गरेको छ ।

विहिबार सम्पन्न खेलमा श्रीलंकाले ओमानलाई १०५ रनको अन्तरले पराजित गर्दै जारी विश्वकपमा लगातार दोस्रो जित हासिल गरेको छ ।

श्रीलंकाले दिएको २२६ रनको लक्ष्य पछाएको ओमानले २० ओभरमा ९ विकेट गुमाएर १२० रन बनाएको थियो । ओमानका लागि मोहमद नादीमले ५३ रन बनाए भने वासिम अलीए २७ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको श्रीलंकाले २० ओभरमा ५ विकेट गुमाउदै २२५ रन बनाएको थियो । यो यस विश्वकपको अहिलेसम्मको सबै भन्दा धेरै टोटल हो । 

श्रीलंकाका लागि कुशल मेन्डिसले ६१, पवन राथानायकले ६० र कप्तान दसुन शानकाले ५० रन बनाएका थिए । त्यस्तै कामिन्दु मेन्डिसले ७ बलमा अविजित १९ रन  बनाएका थिए ।

त्यसैगरी ओमानका बलर जितें रामानान्दीले २ विकेट लिए भने जय ओडेड्रा, सुफयान मेहमूदले एक एक विकेट लिएका थिए ।  यो श्रीलंकाको जारी विश्वकपमा लगातार दोस्रो जित हो भने ओमानले लगातार दोस्रो हार बेहोरेको छ ।

अब श्रीलंकाले अर्को खेल आगामी सोमबार अस्ट्रेलियासँग खेल्ने तालिका छ भने ओमानले आगामी शनिबार आयरल्याण्डसँग खेल्ने तालिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close