वेस्ट इण्डिजले इङल्याण्डलाई हराउदा समुह सी बन्यो रोचक

पोखरा स्पोर्ट्स । आइसीसी टी-२० विश्वकप अन्तर्गत  वेस्ट इण्डिजले इङल्याण्डलाई पराजित गर्दा समुह सी रोचक बनेको छ । बुधबार राति सम्पन्न खेलमा वेस्ट इण्डिजले इङल्याण्डलाई ३० रनले पराजित गरेको हो । 

वेस्ट इण्डिजले दिएको १९७ रनको लक्ष्य पछाएको इङल्याण्डले १९ ओभरमा अल आउट हुदै १६६ रन बनाएको थियो ।

इङल्याण्डका लागि साम करनले सर्बाधिक ४३ रन बनाएका थिए भने ज्याकब बेथेलले ३३ र फिल साल्टले ३० रन बनाएका थिए ।

त्यस्तै वेस्ट इण्डिजका बलर गुडाकेश मोतीले ३ विकेट लिए भने रोस्टन चेजले २ विकेट लिएका थिए । 

यस अघि भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा जारी खेलमा टस हारेर पहिला ब्याटिंग गरेको वेस्ट इण्डिजले २० ओभरमा ६ विकेट गुमाएर १९६ रन बनाएको थियो । 

वेस्ट इण्डिजका लागि शेरफान रुथरफोर्डले अविजित ७६ रन बनाए भने रोस्टन चेजले ३४, जासन होल्डरले ३३  र शिमरोन हेटमायरले २३ रन बनाएका थिए ।  त्यसैगरी इङल्याण्डका आदील रशिद र जामी ओभरटनले २-२ विकेट लिए भने जोफ्रा आर्चर र साम करनले एक एक विकेट लिए    

यो जितपछि समुह सी मा वेस्ट इण्डिजले दुवै खेल जितेर ४ अंक हासिल गरेको छ र शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै इङल्याण्डको २ खेलमा २ अंक रहेको छ । यस समुहमा स्कटल्याण्डको २ खेलमा २ अंक रहेको छ भने नेपाल र इटाली एक एक खेल खेलेर अंकविहिन रहका छन् ।

अब इङल्याण्डले शनिबार स्कटल्याण्डसँग खेल्ने छ भने वेस्ट इण्डिजले आइतबार नेपालसँग खेल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close